हालसम्म विश्वकपका च्याम्पियन राष्ट्रहरु….

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकप आगामी शनिबारबाट अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुदैछ । आठ संस्करणको विश्वकप पूरा भईसक्दा छ राष्ट्र च्याम्पियन भईसकेका छन् ।

इंग्ल्यान्ड र वेस्ट इन्डिजले दुई दुई पटक उपाधी जित्दा पाकिस्तान, अस्ट्रेलिया, श्रीलंका र भारतले समान एक एक पटक उपाधी जितेका छन् । पहिलो संस्करण २००७ बाट सुरु भएको यस विश्वकप यस विश्वकपमा हालसम्म २१ देशले सहभागीता जनाइसकेका छन् । यस संस्करणमा आयोजक अमेरिका, क्यानडा र युगान्डाले विश्वकपमा पहिलो पटक सहभागीता जनाउँदै छन् ।

पहिलो देखि आठौं संस्करणको विश्वकपका च्याम्पियन राष्ट्रहरु यसप्रकार रहेका छन् :

१) पहिलो संस्करण

टी-२० विश्वकपको पहिलो संस्करण सन् २००७ मा दक्षिण अफ्रिकामा भएको थियो । यस विश्वकपमा १२ देशको सहभागीता रहेको थियो । पहिलो संस्करणको विश्वकपमा पाकिस्तानलाई पाँच रनले हराउँदै भारतले उपाधी जितेको थियो ।

भारतले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९ दशमलब ४ ओभरमा १ सय ५२ रन बनाउँदै अल आउट भएको थियो ।

२) दोस्रो संस्करण

टी-२० विश्वकपको दोस्रो संस्करण २००९ मा इंग्ल्यान्डमा भएको थियो । यो विश्वकपमा पनि अघिल्लो विश्वकपमा झैं १२ देशको सहभागीता रहेको थियो । दोस्रो संस्करणको विश्वकपमा श्रीलंकामाथि ८ विकेटको सहज जित निकाल्दै पाकिस्तान च्याम्पियन भएको थियो ।

श्रीलंकाले दिएको १ सय ३९ रनको लक्ष्य पाकिस्तानले १८ दशमलब ४ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गरेको थियो ।

३) तेस्रो संस्करण

टी-२० विश्वकपको तेस्रो संस्करण २०१० मा वेस्ट इन्डिजमा आयोजना भएको थियो । तेस्रो संस्करणको विश्वकपमा पनि १२ राष्ट्रको सहभागीता रहेको थियो । यस संस्करणमा अस्ट्रेलियालाई सात विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन भएको थियो ।

अस्ट्रेलियाले दिएको १ सय ४८ रनको लक्ष्य इंग्ल्यान्डले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

४) चौथो संस्करण

टी-२० विश्वकपको चौथो संस्करण सन् २०१२ मा श्रीलंकामा आयोजना भएको थियो । यस संस्करणको विश्वकपमा श्रीलंकालाई ३६ रनले पराजित गर्दै वेस्ट इन्डिज च्याम्पियन भएको थियो । यस संस्करणमा पनि १२ देशको सहभागीता रहेको थियो ।

वेस्ट इन्डिजले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको श्रीलंका १८ दशमलब ४ ओभरमा १ सय १ रनमा समेटिएको थियो ।

५) पाँचौ संस्करण

टी-२० विश्वकपको पाँचौ संस्करण सन् २०१४ मा बंगलादेशमा आयोजना भएको थियो । यस विश्वकपमा पहिलो पटक १६ देशको सहभागीता रहेको थियो । यस संस्करणमा भारतलाई ६ विकेटले पराजित गर्दै श्रीलंका च्याम्पियन भएको थियो ।

भारतले दिएको १ सय ३१ रनको लक्ष्य श्रीलंकाले १७ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

६) छैठौं संस्करण

टी-२० विश्वकपको छैठौं संस्करण सन् २०१६ मा भारतमा आयोजना भएको थियो । यस संस्करणको विश्वकपमा पनि १६ राष्ट्रको नै सहभागीता रहेको थियो । भारतमा आयोजना भएको यस विश्वकपमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै वेस्ट इन्डिज दोस्रो पटक च्याम्पियन भएको थियो ।

इंग्ल्यान्डले दिएको १ सय ५६ रनको लक्ष्य वेस्ट इन्डिजले १९ दशमलब ४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

७) सातौं संस्करण

टी-२० विश्वकपको सातौं संस्करण सन् २०२१ मा ओमान र युएईमा संयुक्त रुपमा आयोजना भएको थियो । पहिलो पटक दुई राष्ट्रमा आयोजना भएको टी२० विश्वकपमा १६ राष्ट्रको नै सहभागीता थियो । सातौं संस्करणको विश्वकपमा न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गरि अस्ट्रेलिया च्याम्पियन भएको थियो ।

न्युजिल्यान्डले दिएको १ सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले १८ दशमलब ५ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।

८) आठौं संस्करण

टी-२० विश्वकपको आठौं संस्करण सन् २०२२ मा अस्ट्रेलियामा आयोजना भएको थियो । यस संस्करणको विश्वकपमा पनि अघिल्लो संस्करणमा झै १६ राष्ट्रकै सहभागीता रहेको थियो । यस विश्वकपमा पाकिस्तानलाई पाँच विकेटले पराजित गरि इंग्ल्यान्ड दोस्रो पटक च्याम्पियन भएको थियो ।

पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो ।

९) नवौं संस्करण

टी-२० विश्वकपको नवौं संस्करण आगामी शनिबारबाट अमेरिका र वेस्ट इन्डिजमा सुरु हुदैछ । वेस्ट इन्डिज दोस्रो पटक विश्वकप आयोजना गर्ने पहिलो मुलुक बन्दै गर्दा यस संस्करणमा पहिलो पटक २० राष्ट्रको सहभागीता रहदै छ ।

सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

नवौं संस्करणको विश्वकपमा नेपाल

दश वर्ष पछि विश्वकप खेल्दै गरेको नेपाल २० राष्ट्र सहभागी प्रतियोगिताको समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् । विश्वकपमा नेपालको पहिलो खेल ४ जुन अर्थात जेठ २२ मंगलबारको दिन नेदरल्यान्ड्ससँग हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ९ मा अमेरिकाको डालसमा हुनेछ । विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

विश्वकपमा सहभागीता जनाउँने १५ सदस्यीय नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]