नामिबियामाथि अस्ट्रेलियाको सहज जित

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलमा अस्ट्रेलियाले नामिबियामाथि सहज जित निकालेको छ ।

वेस्ट इन्डिजमा बुधबार बिहान सपन्न खेलमा अस्ट्रेलियाले ७ विकेटको सहज जित निकालेको हो ।

नामिबियाले दिएको १ सय २० रनको लक्ष्य अस्ट्रेलियाले १० ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

अस्ट्रेलियाका लागि ओपनर डेबिड वार्नरले २१ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । टिम डेबिडले १६ बलमा २३ तथा कप्तान मिचेल मार्शले १४ बलमा १८ रन बनाए ।

नामिबियाका लागि बेर्नाड स्कोडेजेले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो ।

नामिबियाका लागि जान ग्रिनले ३० बलमा ३८ तथा मलान कुर्जरले ११ बलमा १८ रन बनाएका थिए ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले ३ तथा जोस हेजलवुडले २ विकेट लिएका थिए । हेजलवुडले ४ ओभरमा ३ मेडन राखेर ५ रन खर्चिएका थिए ।

विश्वकपमा अस्ट्रेलिया र नामिबिया समूह बी मा रहेका छन् ।





थप समाचार

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

काठमाडौँ । यू–१९ महिला विश्‍वकपको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा बुधबार भएको […]

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]