नामिबियामाथि अस्ट्रेलियाको सहज जित

२०८१ जेष्ठ १६, बुधबार ०८:०८

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलमा अस्ट्रेलियाले नामिबियामाथि सहज जित निकालेको छ ।

वेस्ट इन्डिजमा बुधबार बिहान सपन्न खेलमा अस्ट्रेलियाले ७ विकेटको सहज जित निकालेको हो ।

नामिबियाले दिएको १ सय २० रनको लक्ष्य अस्ट्रेलियाले १० ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

अस्ट्रेलियाका लागि ओपनर डेबिड वार्नरले २१ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । टिम डेबिडले १६ बलमा २३ तथा कप्तान मिचेल मार्शले १४ बलमा १८ रन बनाए ।

नामिबियाका लागि बेर्नाड स्कोडेजेले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो ।

नामिबियाका लागि जान ग्रिनले ३० बलमा ३८ तथा मलान कुर्जरले ११ बलमा १८ रन बनाएका थिए ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले ३ तथा जोस हेजलवुडले २ विकेट लिएका थिए । हेजलवुडले ४ ओभरमा ३ मेडन राखेर ५ रन खर्चिएका थिए ।

विश्वकपमा अस्ट्रेलिया र नामिबिया समूह बी मा रहेका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy