जोनसनको अर्धशतकमा पाकिस्तानलाई १०७ रनको लक्ष्य
, २०८१ जेष्ठ २९, मंगलवार २१:५३
काठमाडौं । क्यानडाले ओपनर ओरोन जोनसनको अर्धशतकको सहयोगमा वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा पाकिस्तानलाई जितका लागि १ सय ७ रनको लक्ष्य दिएको छ ।
अमेरिकाको न्युयोर्कमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन बनायो ।
क्यानडाका लागि ओपनर जोनसनले ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । कलिम सानाले १४ बलमा १३ तथा कप्तान साद विन जाफरले २१ बलमा १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
पाकिस्तानका लागि मोहम्मद अमिर र हरिस रउफले समान दुई दुई तथा शाहिन शाह अफ्रिदी र नसिम शाहले समान एक एक विकेट लिए ।
थप समाचार
Editor's Choice
पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा
काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]
समाचार
टिएनपीएल सेप्टेम्बरमा हुने
काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]
एसीसी वमेन्स एसिया कप २०२४
महिला एसिया कप : सेमिफाइनल खेलहरु आज
काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]
अन्तर्राष्ट्रिय क्रिकेट
तुषाराले भारतसँगको सिरिज गुमाउने
काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]