विश्वकपमा नेपालको समूह चरणको बाँकी खेल तालिका

काठमाडौं । नेपालले अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना जारी टी-२० नवौं संस्करणको विश्वकपमा समूह चरणका दुई खेल्न बाँकी छ ।

नेपाल दोस्रो पटक विश्वकपमा सहभागीता जनाईरहेको छ । नेपालले पहिलो खेलमा गत साताको मंगलबार नेदरल्यान्ड्सको सामना गरेको थियो । पहिलो खेल नेपालले छ विकेटले गुमाएको थियो । विश्वकपको दोस्रो खेलमा नेपालले बुधबार बिहान श्रीलंकासँग खेल्ने खेल तालिका रहेको थियो । तर, निरन्तरकको भारी वर्षाका कारण यस खेल रद्द हुन पुग्यो ।

अब बाँकी समूहचरणका दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

वेस्ट इन्डिजमा हुने खेलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने पनि उपलब्ध हुनेछन् ।

यस विश्वकपमा २० राष्ट्रले सहभागीता जनाउँदै छन् । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । विश्वकपमा नेपाल समूह डी मा रहेको छ । नेपालको समूहमा नेदरल्यान्ड्स, बंगलादेश, श्रीलंका तथा दक्षिण अफ्रिका छन् ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy