अमेरिकामा दोस्रो अभ्यास खेल खेल्दै नेपाल

काठमाडौं । आगामी जुनमा अमेरिक र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपको अन्तिम तयारीका लागि अमेरिकामा रहेको नेपाली टोलीले अमेरिकामा दोस्रो अभ्यास खेल आज खेल्दैछ ।

आफ्नो दोस्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय टोलीले स्थानिय ह्युस्टन हरिकेन्सको सामना गर्नेछ । खेल नेपाली समय अनुसार आईतबार बिहान पौने दुईमा सुरु हुनेछ ।

नेपालले ह्युस्टनसँगको पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो । यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्नेछ । ४ जुन अर्थात जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले टी-२० विश्वकप सुरुआत गर्नेछ ।

नेपालबाट अमेरिका पुगेको नेपाली टोली आफ्नो विश्वकपको दुई खेल रहेको वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा गएर तीन अभ्यास खेल खेलेको थियो । नेपालले स्थानिय टिमसँगको तीन खेलको अभ्यास खेलको सिरिज २-१ ले जितेको थियो ।

नेपाल विश्वकपमा

नेपालले दोस्रो पटक विश्वकपमा सहभागीता जनाउँन लागेको हो । यस विश्वकपमा २० राष्ट्रले सहभागीता जनाउँदै छन् । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । विश्वकपमा नेपाल समूह डी मा रहेको छ । नेपालको समूहमा नेदरल्यान्ड्स, बंगलादेश, श्रीलंका तथा दक्षिण अफ्रिका छन् ।

विश्वकपमा नेपालको पहिलो खेल ४ जुन अर्थात जेठ २२ मंगलबारको दिन नेदरल्यान्ड्ससँग हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ९ मा अमेरिकाको डालसमा हुनेछ । विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

विश्वकपमा सहभागीता जनाउँने १५ सदस्यीय नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ ।

नेपाली टोली :

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।





थप समाचार

दीपेन्द्र अहिलेसम्मकै उच्च वरियतामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वरियतामा छलाङ मारेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले जारी गरेको […]

टी-२० विश्वकप : सुपर एटका खेल आजबाट

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको दोस्रो चरण (सुपर एट) का खेलहरु आज (बुधबबार) बाट सुरु हुदैछ । सुपर एटको […]

रोहितसँग झगडा गरेका तन्जिममाथि आइसीसीको कारबाही

काठमाडौं । बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन शाकिबमाथि अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले कारबाही गरेको छ । आइसीसीले आइतबार […]

तथ्याकंमा नेपालको विश्वकप यात्रा..

काठमाडौं । नेपालले सन् २०१४ पछि दश वर्षको अन्तरालमा सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा जारी टी-२० विश्वकपमा सहभागीता […]

अफगानिस्तानमाथि वेस्ट इन्डिजको सानदार जित

काठमाडौं । वेस्ट इन्डिजले घरेलु भुमी तथा अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि सानदार जित […]

वेस्ट इन्डिजले अफगानिस्तानलाई दियो २१९ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिजले घरेलु भुमी तथा अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई जितका लागि […]