विश्वकप विशेष – व्यक्तिगत उच्च रन बनाउने ५ खेलाडी

  • विकेटनेपाल – २ जेष्ठ, बिहिबार 

सन् १९७५ बाट सुरु भएको एक दिवसिय विश्वकप क्रिकेटको बाह्रौ संस्करण आउँदो मे ३० बाट इंग्ल्याण्डमा आयोजना हुदैछ। इंग्ल्याण्डमा पाँचौ पटक विश्वकप आयोजना हुन लागेको हो।

दश टोलि मात्र समावेश २०१९ विश्वकप राउण्ड रोबिन ढाँचामा खेलिने छ जहाँ सबै १० टोलिले एक-अर्काको सामना गर्नेछन्। आयोजक इंग्ल्याण्ड र साविकको विजेता अष्ट्रेलियासंगै यस संस्करणको विश्वकपमा भारत, श्रीलंका, पाकिस्तान, न्यूजील्याण्ड, अफगानिस्तान, बङ्गलादेश, दक्षिण अफ्रिका र वेस्ट इन्डिज सहभागी हुँदै छन्।

World Cup Trophy
World Cup Trophy

विश्वकप नजिकिंदै गर्दा विकेटनेपाल ले सुरुवात गरेको ‘विश्वकप विशेष’को तेश्रो शृंखलामा सन्दिप पौडेलले विश्वकप क्रिकेटमा हालसम्म बनेका ५ व्यक्तिगत उच्च स्कोरलाई प्रस्तुत गरेका छन्। यस अघि हामीले विश्वकपमा सबैभन्दा धेरै रन बनाउने ५ ब्याट्सम्यानको बारे लेख प्रस्तुत गरेका थियौं।

विश्वकपमा ५ व्यक्तिगत उच्च स्कोर :-

५) सर भिभियन रिचर्ड्स ( वेस्ट इन्डिज ) – १८१ रन बिरुद्ध श्रीलंका

सन् १९८१ विश्वकपका क्रममा सर भिभियन रिचर्ड्सले श्रीलंका बिरुद्द १८१ रनको इनिंग खेल्दै आफ्नो टोलीलाई वेस्ट इन्डिजलाई ३६० रनको योगफलसम्म पुर्याएका थिए। त्यसक्रममा उनले सन् १९७५ विश्वकप मा भारतका कपिल देवले बनाएको १७५* रन को कीर्तिमानी इनिंगलाई समेत पछि छाडे।

पाकिस्तानको कराँचीमा भएको खेलमा कप्तान रिचर्ड्सको १८१ रन ( १२५ बल, १६ चौका र ७ छक्का ) र डेस्मन हेन्सको १०५ रनको सहयोगमा वेस्ट इन्डिजले ३६० रन बनाएको थियो। जवाफी ब्याटिंगमा उत्रिएको श्रीलंका १६० रनमै समेटिदा वेस्ट इन्डिजले १९१ रनको ठूलो जित हात पारेको थियो। खेलमा रिचार्डस प्लेयर अफ द म्याच समेत घोषित भएका थिए।

४) सौरभ गांगुली ( भारत ) – १८३ रन बिरुद्ध श्रीलंका

सौरभ गांगुलीले सन् १९९९ विश्वकपमा श्रीलंका बिरुद्द बनाएको १८३ रन विश्वकपमा भारतीय ब्याट्सम्यानले बनाएको सबैभन्दा उच्च स्कोर समेत हो।

Saurav Ganguly
Saurav Ganguly

१५८ बल खेलेका गांगुलीले खेलमा १७ चौका र ७ छक्का प्रहार गरेका थिए। दोश्रो विकेटका लागि गांगुलीले राहुल द्रविडसंग ३१८ रनको साझेदारी गरेका थिए। द्रविडको १४५ र गांगुली को १८३ रनको सहयोगले भारत ले विशाल ३७३ रन जोडेको थियो। जवाफमा श्रीलंकालाई मात्र २१६ रनमा समेट्दै भारतले खेलमा १५७ रनको जित हात पार्यो।

३) ग्यारी किर्स्टन ( दक्षिण अफ्रिका ) – १८८* रन बिरुद्ध युएई 

विश्वकप सन् १९९६ का क्रममा पाकिस्तान स्थित रावलपिन्डीमा यूएइ बिरुद्ध किर्स्टन बनाएको १८८* रनले विश्वकपमा कुनैपनि ब्याट्सम्यानले बनाएको व्यक्तिगत उच्च स्कोरको रुपमा १९ बर्षसम्म राज गर्न सफल भयो। सो इनिंगका क्रममा २१० मिनेट क्रिजमा बिताएका ग्यारीले १३ चौका र ४ छक्का प्रहार गरेका थिए। इनिङको सुरुवात गरेका उनले अन्त्यसम्म क्रिजमा रहेर आफ्नो टोलीलाई ३२१ रनको योगफलसम्म पुर्याएकाथिए। खेलमा दक्षिण अफ्रीकाले १६९ रनको जित दर्ता गरेको थियो। किर्स्टन सन् २०११ मा भारतले विश्वकप जित्दा टिमको मुख्य प्रशिक्षक थिए।

२) क्रिस गेल ( वेस्ट इन्डिस ) – २१५ बिरुद्ध जिम्बाबे 

अष्ट्रेलिया र न्यूजील्याण्डमा सम्पन्न सन् २०१५ विश्वकपमा जिम्बाबे बिरुद्ध दोहोरो शतक बनाउने क्रममा क्रिस गेल विश्वकप क्रिकेटमा २०० रन बनाउने पहिलो खेलाडी बनेका थिए।एक दिवसीयमा भारतीय ब्याट्सम्यान बाहेक अरु कुनै देशको खेलाडीले २०० रन बनाएको पनि त्यो पहिलो अवसर थियो।

सो इनिंगमा १४७ बलमा २१५ रन बनाउने क्रममा गेलले चौका भन्दा  धेरै छक्का (१४७ बल, १० चौका, १६ छक्का ) प्रहार गरेका थिए। खेलको दोश्रो बलमानै ड्वेन स्मिथलाई गुमाएको वेस्ट इन्डिज टोलीलाई गेलको दोहोरो शतक र मार्लन स्यामुयल्सको शतकले उकासेको थियो।

३७२ रनको कीर्तिमानी साझेदारी पश्चात गेल इनिंगको अन्तिम बलमा आउट हुन पुगेका थिए। खेलमा बलिंग गर्दै गेलले दुइ विकेट समेत चट्काएका थिए। केन्बेरामा संचालित सो खेलमा वेस्ट इन्डिजले डीएल मेथड अन्तर्गत ७३ रनको जित हात पारेको थियो।

१) मार्टिन गप्टिल ( न्यूजील्याण्ड ) – २३७* बिरुद्ध वेस्ट इन्डिज 

विश्वकप क्रिकेटमा कुनै खेलाडीले दोहोरो शतक बनाउन असफल रहेको अवस्थामा सन् २०१५ विश्वकपमानै २ दोहोरो शतक बनेको थियो। जिम्बाबे बिरुद्ध २१५ बनाएका क्रिस गेलभन्दा अघिनै अविजित २३७ रन बनाउदै गप्टिलले विश्वकप क्रिकेटको व्यक्तिगत उच्च स्कोरको रेकर्ड आफ्नो नाम गराएका थिए।

वेस्ट इन्डिजसंगको खेलका क्रममा १६३ बलमा २४ चौका र ११ छक्का प्रहार गर्दै अविजित २३७ रन जोडेका गप्टिलले विश्वकप खेलकै सर्वाधिक उच्च स्कोर बनाउन सफल भएका थिए। सो रेकर्ड अझै पनि कायम नै रहेको छ। ३९३ रनको बिशाल स्कोर खडा गरेको न्यूजील्याण्ड सो खेलमा १४३ रनले विजयी भएको थियो। सो विश्वकपमा न्युजिल्याण्डले फाइनलसम्मको यात्रा समेत तय गर्यो।

यो पनि पढ्नुस :- दुर्भाग्यशाली ११ खेलाडी जो विश्वकप टिममा अटाउन सकेनन्

विश्वकप विशेषको अर्को शृंखलामा तपाइँ एक दिवसिय विश्कप क्रिकेटसंग सम्बन्धित के पढ्न चाहनुहुन्छ ? आफ्नो धारणा राख्न नभुल्नुहोला।





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]