विश्वकप ट्रफी नेपाल आउंदै, पढ्नुस कहाँ-कहाँ राखिनेछ ?

  • विकेटनेपाल-८ कार्तिक, बुधवार

सन् २०१९ मा इंग्ल्याण्ड र वेल्समा आयोजना हुने एक दिवसीय विश्वकपको ट्रफी नेपाल आउने निश्चित भएको छ। ट्रफीलाई नेपालका बिभिन्न स्थानमा भ्रमण गराइनेछ।

आगामी ३० मेदेखि १४ जुलाईसम्म इंग्ल्याण्डमा आयोजना हुने सन् २०१९ एक दिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइने भएको हो। हरेक संस्करण अघि बिजेताले पाउने ट्रफीलाई बिभिन्न देश र स्थानमा लगिने चलन अनुरुप् यस संस्करणको ट्रफीलाई इतिहासमै पहिलो पटक नेपाल समेत ल्याइने भएको हो।

नेपालमा सन् २०१३ मा फुटबल विश्वकपको ट्रफी ल्याईएको थियो जसलाई तत्कालिन रास्ट्रपति रामबरण यादबले सार्वजनिक गर्नुभएको थियो। त्यसबेला उक्त ट्रफी राष्ट्रपति यादबलाई मात्र छुन दिईएको थियो भने अन्य सबैले ट्रफीसंग तस्बिर मात्रै खिचाउन पाएका थिए। भर्खरै एकदिवसीय मान्यता पाएको अवस्था तथा आईसीसीको क्रिकेटलाई बिश्वब्यापी बनाउने नीति अनुरुप यो पटक ट्रफी टुरलाई विस्तार गरिएको हो।

क्रिकेट वर्ल्ड-कप ट्रफी टुर नाम दिइएको यस चलन अगष्ट २७ २०१८ बाट दुबईबाट सुरु भएको हो। सो ट्रफीलाई ५ महादेशको २१ देशका ६० बढी शहरमा लगिने तालिका रहेको छ। यसअघि कुनै पनि क्रिकेट विश्वकपको ट्रफीलाई यति धेरै स्थानमा लागिएको थिएन। विश्वभरका क्रिकेट समर्थकहरुलाई विश्वकपको नजिक पुर्याउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले यो कदम लिएको बताएको छ।

नेपालमा ४ दिन ट्रफी बस्ने  

इतिहासमानै पहिलो पटक नेपाल आउन लागेको विश्वकप ट्रफीलाई नेपालमा ४ दिनको समयका लागि राखिने छ। नेपाल क्रिकेट संघ (क्यान) कि पुर्व सीइओ तथा हाल आईसीसीको समन्वयकर्ता भावना घिमिरेका अनुसार ट्रफी शुक्रवार दिउँसो ३:४० बजे नेपाल आइपुग्ने छ। नेपाल बसाइका क्रममा ट्रफीलाई स्वयम्भु, पोखरा क्रिकेट रंगशाला, फेवा ताल, चन्द्रागिरी सहित राजधानीका बिभिन्न स्थान र सगरमाथा आधार शिविरसम्म पुर्याइने छ।

यस्तो छ ट्रफीको नेपाल बसाइको तालिका :

कार्तिक ९ गते शुक्रवार : स्वयम्भु

कार्तिक १० गते शनिवार : पोखरा क्रिकेट रंगशाला (बिहान ८ बजे), फेवा ताल (दिउँसो २ बजे)

कार्तिक ११ गते आइतवार : प्रधानमन्त्री निवास बालुवाटार, चन्द्रागिरी, दरबारमार्ग

कार्तिक १२ गते सोमबार : सगरमाथा आधार शिविर, बसन्तपुर

के-के गर्न पाउछन् समर्थकले ट्रफीसंग ?

ट्रफीलाई भ्रमणका क्रममा बिभिन्न देशका महत्वपूर्ण र पुरातात्विक स्थानमा लगिनेछ। बिभिन्न स्थानमा बनाईएको भर्चुअल रियालिटी क्रिकेट जोनमा समर्थकहरुले सहभागिता जनाउंदै ट्रफीसंग तस्बिर खिचाउन समेत पाउनेछन्।

सन् २०१९ को एक दिवसीय विश्वकप इंग्ल्याण्डमा हुँदैछ। प्रतियोगितामा आयोजक इंग्ल्याण्ड सहित साबिक बिजेता अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डीज, भारत, श्रीलंका, पाकिस्तान, न्युजील्याण्ड, अफगानिस्तान र बंगलादेश गरी १० टोलिको सहभागिता रहने छ। प्रतियोगिताको फाइनल खेल जुलाई १४ मा लर्ड्स मैदानमा खेलिनेछ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]