२०१९ बिश्वकप ट्रफी नेपाल ल्याइने, कहाँ राखिनेछ ? के गर्न पाईन्छ ?

  • विकेटनेपाल – ९ भदौ, शनिवार

आगामी ३० मेदेखि १४ जुलाईसम्म इंग्ल्याण्डमा आयोजना हुने सन् २०१९ एक दिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइने भएको छ। हरेक संस्करण अघि बिजेताले पाउने ट्रफीलाई बिभिन्न देश र स्थानमा लगिने चलन अनुरुप् यस संस्करणको ट्रफीलाई इतिहासमै पहिलो पटक नेपाल समेत ल्याइने भएको हो।

नेपालमा सन् २०१३ मा फुटबल विश्वकपको ट्रफी ल्याईएको थियो जसलाई तत्कालिन रास्ट्रपति रामबरण यादबले सार्वजनिक गर्नुभएको थियो। त्यसबेला उक्त ट्रफी राष्ट्रपति यादबलाई मात्र छुन दिईएको थियो भने अन्य सबैले ट्रफीसंग तस्बिर मात्रै खिचाउन पाएका थिए। भर्खरै एकदिवसीय मान्यता पाएको अवस्था तथा आईसीसीको क्रिकेटलाई बिश्वब्यापी बनाउने नीति अनुरुप यो पटक ट्रफी टुरलाई विस्तार गरिएको हो।

क्रिकेट वर्ल्ड-कप ट्रफी टुर नाम दिइएको यस चलन अगष्ट २७ २०१८ बाट दुबईबाट सुरु हुनेछ। सो ट्रफीलाई ५ महादेशको २१ देशका ६० बढी शहरमा लगिने छ। यसअघि कुनै पनि क्रिकेट विश्वकपको ट्रफीलाई यति धेरै स्थानमा लागिएको थिएन। विश्वभरका क्रिकेट समर्थकहरुलाई विश्वकपको नजिक पुर्याउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले यो कदम लिएको बताएको छ।

९ महिना लामो ट्रफी यात्राको दौरान विश्वकपमा सहभागी नभएका देशहरु नेपाल, संयुक राज्य अमेरिका र जर्मनीमा यस ट्रफीलाई प्रदर्शन गरिने छ। २०१९ को एकदिवसीय बिश्वकपमा १० टोलि सहभागी हुनेछन् जसमा अस्ट्रेलिया, न्युजिल्याण्ड, भारत, पाकिस्तान, इंग्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश, श्रीलंका , अफगानिस्तान र दक्षिण अफ्रीका रहेको छ।

कहिले र कसरी आउंछ नेपालमा ट्रफी ?

विश्वकप क्रिकेट ट्रफी यात्रा संयुक्त अरब एमिरेट्सको दुबईबाट सुरुभएपछि सर्वप्रथम ओमान पुग्नेछ। ओमानबाट ट्रफीलाई संयुक्त राज्य अमेरिका, वेस्ट इन्डीज हुँदै एसिया भित्र्याइने छ। एसियामा सुरुवातमा ट्रफीलाई श्रीलंका लगिनेछ। त्यसपश्चात पाकिस्तान र बंगलादेश हुँदै ट्रफी २७-२९ अक्टोबरमा नेपाल आइपुग्नेछ। ट्रफी नेपालको काठमाण्डौ स्थित दरबार क्षेत्रमा राखिने आइसीसीले जनाएको छ।

नेपालबाट सो ट्रफीलाई भारत लगिनेछ। त्यसपश्चात भने ट्रफीलाई न्युजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनीहुँदै इंग्ल्याण्ड पुर्याइने आइसीसीले आफ्नो आधिकारीक वेबसाइटमा उल्लेख गरेको छ।

नेपालमा सन् २०१३ मा फुटबल विश्वकपको ट्रफी ल्याईएको थियो जसलाई तत्कालिन रास्ट्रपति रामबरण यादबले सार्वजनिक गर्नुभएको थियो।

के-के गर्न पाउछन् समर्थकले ट्रफीसंग ?

ट्रफीलाई भ्रमणका क्रममा बिभिन्न देशका महत्वपूर्ण र पुरातात्विक स्थानमा लगिनेछ। बिभिन्न स्थानमा बनाईएको भर्चुअल रियालिटी क्रिकेट जोनमा समर्थकहरुले सहभागिता जनाउंदै ट्रफीसंग तस्बिर खिचाउन समेत पाउनेछन्।

सन् २०१९ को एक दिवसीय विश्वकप इंग्ल्याण्डमा हुँदैछ। प्रतियोगितामा आयोजक इंग्ल्याण्ड सहित साबिक बिजेता अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डीज, भारत, श्रीलंका, पाकिस्तान, न्युजील्याण्ड, अफगानिस्तान र बंगलादेश गरी १० टोलिको सहभागिता रहने छ। प्रतियोगिताको फाइनल खेल जुलाई १४ मा लर्ड्स मैदानमा खेलिनेछ।





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]