इंग्ल्याण्डले बनायो एकै इनिंगमा ४८१ रन, नयाँ विश्वरेकर्ड

  • विकेटनेपाल, असार ५ – मंगलबार

अस्ट्रेलियाको इंग्ल्याण्ड भ्रमण अन्तर्गत अहिले ट्रेन्ट ब्रिजमा जारि तेस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४८१ रन बनाएको छ। एकदिवसीय क्रिकेटको सर्बाधिक ठुलो योगफल बनाउने क्रममा इंग्ल्याण्डले २ बर्षअघि आफैले बनाएको ४४४ रनको रेकर्ड तोडेको हो।

यसअघिका दुबै एकदिवसीय क्रिकेटमा जित हात पार्दै आजको जित सहित सिरिज आफ्नो बनाउने लक्ष्य सहित टस हारेर पहिले ब्याटिंग गरेको इंग्ल्याण्डका लागि जोन्नी बेयारिस्टो र एलेक्स हेल्सले शतक बनाए भने कप्तान ईयान इयान मोर्गान र जेसन रोयले अर्धशतक प्रहार गरे।

जेसन पहिलो विकेटको रुपमा ८२ रन (६१ बल, ७ चौका, ४ छक्का) बनाउँदै रन आउटको सिकार हुनुअघि उनले पहिलो विकेटको लागि बेयारिस्टोसँग मिलेर १५९ रनको साझेदारी गर्दा मात्र १९.३ ओभरको सामना गरे। त्यसपछि आक्रमण जारि राखेका बेयारिस्टोले १३९ रन (९२ बल, १५ चौका, ५ छक्का) को पारि खेल्नेक्रममा दोश्रो विकेटका लागि हेल्ससँग १५१ रनको साझेदारी गरे। बेयारिस्टो एस्टन एगरको हाफ ट्रयाकरमा फस्दै मिडविकेटमा सामान्य क्याच दिए। हेल्सले पनि समान ९२ बल सामना गर्दै १६ चौका र ५ छक्काको मद्दतमा १४७ रन बनाए।

त्यसपछि आएका कप्तान मोर्गानले २१ बलमा अर्धशतक प्रहार गर्दै इंग्ल्याण्डका लागि एकदिवसीय क्रिकेटको सर्बाधिक छिटो अर्धशतक बनाउने खेलाडी बने भने एकदिवसीय क्रिकेटमा सर्बाधिक रन बनाउने ईयान बेलको नाममा रहेको रेकर्डपनि आफ्नो नाममा गराउने क्रममा मात्र ३० बलमा ६७ रन बनाए।

बलिंगतर्फ फ्ल्याट पिच र छोटो बाउन्ड्री भएको मैदानमा झाए एन्डरसनले ३ विकेट लिन ९२ रन खर्चे भने एकविकेट एस्टन अगरको नाममा रह्यो। एन्ड्रीउ टाईले १०० रन खर्चिन मात्र ९ ओभर बलिंग गरे।





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]