सन्दिपको खेल आज, टि२० अन्तर्राष्ट्रियमा डेब्यु गर्ने सम्भावना

Sandeep Lamichhane
  • विकेटनेपाल, जेठ १७ – बिहिबार

वेस्ट इन्डिजमा सन् २०१६ को अन्त्यतिर आएको आँधीबेहरीका पिडितहरुलाई सहयोगार्थ हुन लागेको विश्व एघार र वेस्ट इन्डिज बिचको खेल आज हुँदै छ। क्रिकेटको घर भनेर चिनिने लर्ड्स क्रिकेट मैदान, इंग्ल्याण्डमा हुने खेलमा सहभागिता जनाउन नेपालका सन्दिप लामिछाने पनि इंग्ल्याण्डमा रहेका छन्।

खेल नेपाली समय अनुसार रातिको १०:४५ बजेदेखि सुरु हुनेछ । सन्दिप यहि खेलमा विश्व एघारको तर्फबाट सहभागीता जनाउन हिजो बिहान इंग्ल्याण्ड पुगिसकेका छन्। उनले त्यहाँ विश्व स्तरका खेलाडीहरुसँग खेल्ने अवसर पाउनेछन्।

यसअघि इन्डियन प्रिमियर लिगमा सहभागिता जनाएर चर्चित भनेका उनलाई प्रतियोगिता खेलिरहेकै समयमा आइसीसीले विश्व एघारको लागि निमन्त्रणा गरेको थियो। उक्त निमन्त्रणापछी लामिछानेले आइपिएल भन्दा बिश्व एघारबाट खेल्नु ठुलो सफलता रहेको बताएका थिए।

ट्वान्टी२० अन्तर्राष्ट्रिय मान्यता रहेको खेलमा विश्व एघारको कप्तानी पाकिस्तानका पुर्व अलराउन्डर शाहिद अफ्रिदीले गर्नेछन् भने वेस्ट इन्डिजको टिम विस्फोटक ब्याट्सम्यान तथा अलराउण्डर कार्लोस ब्र्याथवेटको कप्तानीमा मैदानमा उत्रिनेछ।

यदि सन्दिप लामिछाने प्लेइंग एघारमा परेको खण्डमा उनले अन्तर्राष्ट्रिय टि२० खेलमा डेब्यु गर्नेछन्। नेपालले सन् २०१४ मा टि२० विश्वकप खेल्दा र त्यसपछि थप २ बर्षको लागि पाएको अस्थाई मान्यताको समयमा खेलेका खेलमा टि२० मान्यता थियो। तर उक्त समयमा लामिछाने नेपाली क्रिकेटमा कतै पनि सुनिएको थिएन।

World XI: Dinesh Karthik, Mitchell McClenaghan, Thisara Perera, Rashid Khan, Luke Ronchi, Shahid Afridi(c), Shoaib Malik, Tamim Iqbal, Sandeep Lamichhane, Adil Rashid, Mohammed Shami, Sam Billings, Sam Curran, Tymal Mills

West Indies: Carlos Brathwaite(c), Rayad Emrit, Andre Fletcher, Chris Gayle, Evin Lewis, Ashley Nurse, Keemo Paul, Rovman Powell, Denesh Ramdin, Andre Russell, Samuel Badree, Marlon Samuels, Kesrick Williams





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]