सप्तरी महिला प्रिमियर लिग टि-२० सुरु, सुरुंगाको जित

सप्तरी महिला प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगिता राजविराजमा सुरु भएको छ।

राजबिराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा सम्पन्न लिगको उद्घाटन खेलमा सुरुंगाले एक पक्षिय खेलमा खडकलाई ८ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै खडकले निर्धारित २० ओभरको खेलमा ८ विकेट नोक्सानीमा ८२ रनको योगफल तयार पारेको थियो। खडकको लागि सन्तोषी चौधरी १८, सरस्वती चौधरी १२, रश्मी शर्मा १० र काजल श्रेष्ठले ९ रनको योगदान दिएका थिए।

बलिंगतर्फ सुरुंगाका लागि संगिता राई र सोमु बिष्टले सामान २ बिकेट तथा रुविना श्रेत्री र अप्सरा बेगमले सामान १ विकेट लिए।

८३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सुरुंगाले उक्त लक्ष्य १९ ओभर १ बलमा २ विकेटको नोक्सानीमा पुरा गर्यो।

सुरुंगाका लागि रोमा थापाले अविजित ३४ तथा अप्सरा बेगमले अविजित १५ रनको योगदान दिए। रुविना चौधरी र नितु भण्डारीले क्रमश १४ र १३ रनको योगदान दिए।

खडकका लागि शान्ति चौधरी र रश्मी शर्माले सामान १ विकेट लिए। खेलको प्लेयर अफ द म्याच सुरुंगाका रोमा थापा चुनिए।

प्रतियोगिताको उदघाटन सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झाको अध्यक्षता तथा राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रमको उदघाटन राजबिराज नगरपालिकाका उप मेयर साधना झा, सुरुंगा नगरपालिकाका उपमेयर बिन्दा कुमारी पासवान र खडक नगरपालिकाका उपमेयर यासमिन सुल्तानले संयुक्त रुपमा क्रमशः ब्याटिंग, बलिंग र किपिंग गरेका थिए ।

कार्यक्रममा राजबिराज नगरपालिका वडा नं. ५ का अध्यक्ष समिर कुमार झाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम तिलाठि कोईलाडि गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, नेपाली सेनाका सेनानी अमर बहादुर थापा, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, सिस्का एलइडी कन्ट्री प्रमुख श्यामबावु झा लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन सबल नेपालका कार्यक्रम सुपरभाईजर राधेश्याम रामले गरेका थिए ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]