टि-२० बिश्वकप : भारतलाई पराजित गर्दै इंग्ल्याण्ड फाइनलमा

  • विकेटनेपाल, मङ्सिर-७ 

वेस्ट इन्डिजमा जारी महिला टि-२० विश्वकप अन्तर्गत दोश्रो सेमीफाइनलमा इंग्ल्याण्डले भारत माथि ८ विकेटको जित हात पारेको छ। जितसंगै इंग्ल्याण्डले उपाधिको लागि ३ पटकको विजेता अस्ट्रेलियाको सामना गर्नेछ।

बिश्वकपको उपाधिको लागि अस्ट्रेलिया र इंग्ल्याण्ड भोलि ( नोभेम्बर २४ ) ८ बजे राति प्रस्तिस्पर्धा गर्नेछन्। अस्ट्रेलियाले हिजै डिफेन्डिंग च्याम्पियन विन्डिजलाई ७१ रनले पराजित गर्दै फाइनलको यात्रा तयार गर्यो।

भिभ रिचर्ड मैदानमा टस जितेर ब्याटिंगमा उत्रेको भारत १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १२२ रनमा समेटिन पुगेको थियो।

राम्रो सुरुवात गरेको इंडियाले ओपनर स्मृति मंधना ३४ (२३ बल,५ चौका,१ छक्का) रन बनाएर पभेलियन फर्किए पछि लगातार विकेट गुमायो। खेलभरि ठोस साझेदारी हुन नसक्दा ४३/० को अवस्थाबाट अन्ततः भारत ११२ रनमा समेटियो। भारतको लागि जेमिमा रोड्रिगेजले २६ तथा कप्तान हर्मनप्रीत कौरले १६ बाहेक अरुले उल्लेखनिय योगदान गर्न सकेनन्।

भारतलाइ सस्तैमा समेट्न इंग्ल्याण्डका कप्तान हिदर नाइटले २ ओभरमा ९ रन खर्चेर ३ विकेट तथा क्रिस्टी गोर्डन र सोफीले समान २/२ विकेट लिए। भारतले ३ विकेट रन आउटको रुपमा गुमाएको थियो।

जवाफी ब्याटिंगमा उत्रेको इंग्ल्याण्डले १७.१ ओभरमा दुई विकेट मात्र गुमाएर लक्ष्य पुरा गर्यो।

इंग्ल्याण्डलाई सहज जित दिलाउन एमी एलेन जोन्स र नताली सिवरले तेश्रो विकेटको लागि ९२ रनको साझेदारी गरे। एमीले ४७ बलको सामना गर्दै २ चौका र १ छक्काको मद्दतले अविजित ५३ रन तथा नताली सिवरले ३८ बल मा ४ चौका प्रहार गर्दै ५२ रन प्रहर गरिन।

इंडियाको लागि दिप्ती शर्मा र राधा यादवले समान १/१ विकेट हात पारे।

अविजित ५३ रन र दुई महत्वपूर्ण रन आउट गरेकी एमी एलेन जोन्स खेलको प्लेयर अफ द म्याच चुनिईन्।

यस अघि भएको पहिलो सेमिफाइनलमा आयोजक विन्डिजलाई ७१ रनले पराजित गर्दै अस्ट्रेलिया फाइनल प्रवेश गरेको थियो।

प्रतियोगिताको समुह चरणमा भारत अपराजित रहेको थियो र अस्ट्रेलिया, न्युजिल्याण्ड, न्युजिल्याण्ड र आयरल्याण्डलाई पराजित गर्दै सेमीफाइनल यात्रा गरेको थियो। इंग्ल्याण्ड भने २ जित र १ हार तथा १ नतिजाबिहिन खेल सहित सेमीफाइनल प्रवेश गरेको थियो।

दोश्रो सेमीफाइनल :  अस्ट्रेलियासंग विन्डिज सजिलै पराजित 

बिहिबार साँझ सम्पन्न प्रतियोगिताको अर्को सेमीफाइनलमा विन्डिजलाई अस्ट्रेलियाले ७१ रनले पराजित गर्यो।

टस हारेर ब्याटिंग गर्दै अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १४२ रन बनाएको थियो। जवाफमा विन्डिजले ७१ रनमै सबै विकेट गुमायो र ठुलो हार बेहोर्यो।

जितमा अस्ट्रेलियाको लागि प्लेयर अफ द म्याच चुनिएकि एलिस्या हिलेले ४६ रन ( ३८ बल, ४ चौका र १ छक्का ) र एलसी पेरि, डेलीसा किम्मिनसे र एशले गार्डनरले समान २-२ विकेट लिए।

टि-२० बिश्वकपको हालसम्म अस्ट्रेलियाले ३ पटक , इंग्ल्याण्ड र वेस्ट इन्डिजले १/१ पटक उपाधि जितेका छन्। सन् २००९ को संस्करण इंग्ल्याण्डले जितेपछि २०१०, २०१२ र २०१४ को संस्करणमा अस्ट्रेलिया विजेता भएको थियो भने २०१६ को भारतमा सम्पन्न पछिल्लो संस्करण वेस्ट इन्डिजले फाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै जितेको थियो।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]