WTC FINAL : लगातार विकेट पछि भारत सम्हालियो, अर्धशतक नजिक कोहली

भारत र न्युजिल्यान्ड बीच इंग्ल्यान्डको साउथह्याम्पटनमा जारि आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलको दोश्रो दिनको खेल समाप्त भएको छ। पहिलो दिन वर्षाको कारण खेल टस समेत हुन नपाई अवरुद्ध भएको थियो भने दोश्रो दिनको खेल पनि खराब प्रकाशको कारण ६४.४ ओभर मात्र हुनसक्यो।

दोश्रो दिनको सम्पतिमा टस हारेर ब्याटिंग गरेको भारतले ६४.४ ओभर ब्याटिंग गर्दै ३ विकेट गुमाएर १४६ रन बनाएको छ।

भारतलाई ओपनर रोहित शर्मा र शुबमन गिलले अर्धशतकीय साझेदारी गर्दै  राम्रो सुरुवात दिलाए। २१ औं ओभरमा रोहितलाई कायल जेमीसनले टिम साउदीबाट स्लिपमा क्याच आउट गराउदै न्युजिल्यान्डलाई खेलमा फर्काए। रोहितले ६८ बलमा ६ चौका मद्दतले ३४ रन बनाए। २५ औं ओभरमा गिललाई निल वागनरले विकेटकपर बिजे वाटलिंगबाट क्याच आउट गराए। गिलले ६४ बलमा ३ चौका मद्दतले २८ रन बनाए। त्यसपछि ५४ बलमा २ चौका मद्दतले ८ रन बनाएका चेतेश्वर पुजारालाई ४१ औं ओभरमा ट्रेन्ट बोल्टले एलबिडब्लु गर्दै न्युजिल्यान्डलाई खेलमा हावी गराए।

कोहली र रहानेले अर्धशतकीय साझेदारी गरिसकेका छन्

८८/३ को अवस्थाबाट कप्तान बिराट कोहली र अजिंके रहानेले अर्धशतकीय साझेदारी गर्दै दबाब न्युजिल्यान्डतर्फ डोर्याएका छन्। दुवैले ५८ रनको साझेदारी गरिसकेका छन्। कोहली १२४ बलमा १ चौका मद्दतले ४४ रनमा तथा रहाने ७९ बलमा ४ चौका मद्दतले २९ रनमा अविजित छन्।

न्युजिल्यान्डको बलिंगमा ट्रेन्ट बोल्ट ( १२.४-२-३२-१ ) , कायल जेमीसन ( १४-०-१४-१ ) र निल वाग्नर ( १०-३-२८-१ ) ले समान १ विकेट लिए।

खेलमा न्युजिल्यान्डले मुख्य स्पिनर बिना ४ मुख्य पेसर लिएर अन्तिम-११ खेलाएको छ भने भारतले ३ जना फास्ट बलर र २ जना स्पिनर लिएर खेलीरहेको छ।

न्युजिल्यान्डको अन्तिम ११ : टम लाथम, डेभोन कनवे, केन विलियमसन ( कप्तान ) , रोस टेलर, हेनरी निकोलस, बिजे वाटलिंग ( विकेटकिपर ) , कोलिन डी ग्रयाण्डहोम, कायल जेमीसन, निल वाग्नर, टिम साउदी, ट्रेन्ट बोल्ट

भारतको अन्तिम ११ : रोहित शर्मा, शुबमन गिल, चेतेश्वर पुजारा, बिराट कोहली ( कप्तान ) , अजिंके रहाने, रिशभ पन्त ( विकेटकिपर ) , रभीन्द्र जडेजा, रभचन्द्रन आश्विन, इशान्त शर्मा, मोहमम्द शामी, जस्प्रित बुम्राह

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy