WTC FINAL : चौथो दिनको खेल बलनै नफाली रद्द, जान्नुस भोलिको मौसम कस्तो हुनेछ

२०७८ असार ७, सोमबार २०:२४

भारत र न्युजिल्यान्ड बीच इंग्ल्यान्डमा जारी आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलको चौथो दिनको खेल वर्षाको कारण एक बल पनि नभई रद्द भएको छ। यस अघि पहिलो दिनको खेल पनि रद्द भएको थियो भने दोश्रो दिनको खेल वर्षाका कारण ६४.४ ओभर सम्भव भएको थियो। यस्तै तेश्रो दिन पनि वर्सा र खराब प्रकाशका कारण दिनको खेल छिट्टै सकिन पुगेको थियो।

खेल अघि अनुमान गरे अनुरुपनै चौथो दिनको खेल वर्षाले सुरुवात देखि सुरु हुन सकेन र लगातार वर्षा पछि रद्द हुन पुगेको हो।

टेस्टको पहिलो इनिंग्समा टस हारेर ब्याटिंग गरेको भारतले २१७ रन बनाएको थियो जसपछि पहिलो इनिंग्स सुरु गरेको न्युजिल्यान्डले ४९ ओभर ब्याटिंग गर्दा २ विकेट क्षेतीमा १०१ रन बनाएको छ। क्रिजमा केन विलियमसन १२ तथा रोस टेलर खाता नखोली अविजित रहेका छन्। भारतको योगफल भन्दा न्युजिल्यान्ड ११६ रनले पछि रहेको छ।

टेस्टमा अब पाँचौ दिनको खेल बाँकी रहेको छ भने रिजर्भ डेको रुपमा छैठौं दिन पनि खेल हुनेछ।

कस्तो होला भोलि र पर्सिको मौसम 

मौसम पूर्वानुमान अनुसार मंगलबाल वादल लागे पनि वर्षाको कम सम्भावना रहेको छ। विहानको समयमा हल्का वर्षाको सम्भावना रहेता पनि त्यसपछि दिन सफा रहने अनुमान गरिएको छ। मंगलबार अधिकांश ओभरको खेल हुन सक्ने अनुमान गरिएको छ। यस्तै बुधबार पनि मौसम सफा हुने र घमाइलो दिन हुने अनुमान गरीएको छ। बुधबार कुनै अवरोध विना रिजर्भ डे संचालन हुनेछ जसले गर्दा टेस्टको नतिजा आउने आशा गर्न सकिन्छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy