WTC FINAL : न्युजिल्यान्डले लक्ष्य पछ्याउदा तनावले जेमीसनलाई बाथरुममा पुर्यायो

२०७८ असार १६, बुधबार ०९:०८

भारत बिरुद्ध आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलको अन्तिम दिन न्युजिल्यान्डले लक्ष्य पछ्याउदै गर्दा तनावपूर्ण अवस्थामा किवी स्टार पेसर कायल जेमीसनलाई बाथरुममा पुग्न बाध्य बनाएको बताएका छन्।

टेस्ट च्याम्पियनसिप फाइनलमा ७ विकेट लिंदै प्लेयर अफ द म्याच चुनिएका जेमीसन ड्रेसिंग रुमबाट अन्तिम दिनको खेल हेर्दै गर्दा नर्भस भएका थिए।

“क्रिकेट हेर्ने कुरा गर्दा मेरो जीवनकै सम्भवतः त्यो सबैभन्दा कठिन समय थियो।”

“हामि भित्र बसेर टिभीमा खेल हेरीरहेका थियौं जहाँ खेल थोरै ढिला आउथ्यो। भारतीय दर्शकहरु प्रत्येक बलमा चिच्याउदा विकेट गएको हो कि जस्तो लाग्थ्यो तर त्यो एक रन लिएको वा रोकेको हुन्थ्यो।”

कप्तान केन विलियमसन र रोस टेलरले अविजित रहँदै १३९ रनको लक्ष्य सफलतापूर्वक पछ्याएका थिए।

“खेल हेर्न कठिन थियो। तनाव सहन नसकेर म हल्ला भन्दा टाढा बाथरुममा बारम्बार जान्थे जहाँ केहि समय शान्ति त हुन्थ्यो तै पनि धड्कन भने तेजनै हुन्थ्यो।”

“धन्न दुई महान ब्याट्सम्यान केन र रोस त्यहाँ थिए जो शान्त थिए र आफ्नो काम गरेर देखाए।”

ऐतिहासिक सफलता हाँसिल गरेता पनि जेमीसनले जितको खुसि मनाउने पर्याप्त समय भने पाएनन्। फाइनल खेलपछि ४८ घण्टा भित्र उनि इंग्ल्यान्डको काउन्टी टिम सरेको लागि खेल्न पुगे।

“निकै छिटो भयो, मलाई लाग्छ ४८ घण्टा भित्र म सरेको लागि टि-२० खेल्न मैदान प्रवेश गरे। हामि यस्तै जीवन बाँच्ने गर्छौं। तर काउन्टी क्रिकेटको आगामी केहि साता अनुभव पाउनु राम्रो अवसर हो।”

“जितपछि सबैजनासंग खुसि मनाउने चाहना थियो जुन पुरा हुन पाएन। उनीहरुलाई विदा गर्नु कठिन थियो।”

जेमीसनले फाइनलमा आफ्नो आईपीएल टिम रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान बिराट कोहलीलाई दुवै पटक विकेट लिए।

अग्ला फास्ट बलरलाई तिन महिना देखि घरबाट टाढा रहंदा होमशिक महसुस भैरहेको छ।

“तिन महिना भैसक्यो र अझ क्वारेन्टाइन जोड्ने हो भने झन्डै चार महिना भयो। लामो समय भैसक्यो घरमा प्रियजनहरुसंग समय बिताउन नपाएको। कहिलेकाहीँ गार्हो महसुस हुन्छ तर हामि यस्तै वातावरणमा बस्नुपर्छ।”

“तै पनि म विश्वभर पुगेर आफ्नो काम गर्न पाउदा भाग्यमानी महसुस गर्छु। केहि साताको समयमा पुनः घर फर्कन निकै उत्साहित छु।”

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy