वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल : आईसीसीले बनायो यस्ता नियम

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ( आईसीसी ) ले शुक्रबार आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलको लागि प्लेइंग कन्डीसन सार्वजनिक गरेको छ।

पहिलो वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधिको लागि जुन १८ तारिखमा भारत र न्युजिल्यान्ड इंग्ल्यान्डको साउथह्याम्प्टनमा प्रतिस्पर्धा गर्नेछन्। प्लेइंग कन्डीसनमा खेलको बिभिन्न परिस्थितिमा के गर्ने भन्ने उल्लेख गरिएको हुन्छ। २०१९ एकदिवसीय विश्वकपको इंग्ल्यान्ड र न्युजिल्यान्ड बीच सम्पन्न फाइनल खेलमा आईसीसीको केहि नियमहरुको चर्को आलोचना भएपछि क्रिकेटको सर्वोच्च संस्था टेस्ट च्याम्पियनसिप  फाइनल विवाद रहित बनाउन चाहन्छ।

आईसीसीले तयार गरेको प्लेइंग कन्डीसनका अनुसार यदी भारत र न्युजिल्यान्ड बीचको फाइनल खेल बराबरीमा टुंगिएको खण्डमा दुवै टिमलाई संयुक्त विजेता घोषित गरिनेछ। यदी खेल वर्षाले प्रभावित हुन्छ या खराब प्रकाशका कारण खेलमा बाधा आएको खण्डमा छैठौं दिन अर्थात् रिजर्भ डेमा गुमेको ओभर पुरा गरिनेछ। ५ दिनमा अधिकतम ४५० ओभरको खेल हुनुपर्नेछ।

१८ देखि २२ जुन सम्म खेलिने खेलको रिजर्भ डे जुन २३ तारिखमा खेलिनेछ। आईसीसीले टेस्ट च्याम्पियनसिपको घोषणा गर्दा २०१८ मा यो निर्णय गरेको थियो। रिजर्भ डेको उपयोग टेस्टको पहिलो ५ दिन गुमेको ओभरहरु पुरा गर्न गरिनेछ जसले गर्दा खेल नतिजाविहिन हुने सम्भावना कम हुनेछ। तर पुरा ५ दिन खेल निर्वाद संचालन भएको अवस्थामा भने रिजर्भ डेमा खेल खेलिने छैन र खेल बराबरी घोषित गरिनेछ।

रिजर्भ डे उपयोग गर्नुपर्ने आवस्यकता बारे अन्तिम निर्णय खेलको पाँचौ दिन अन्तिम घण्टाको सुरुवातमा गरिनेछ।

फाइनल खेलमा ड्युक्स बलको प्रयोग गरिनेछ।

यस्तै फाइनलमा आईसीसीको अन्य प्लेइंग कन्डीसनमा भएको बदलाव पनि देख्न पाइनेछ जुन बंगलादेश र श्रीलंका बीच जारि सिरिजमा कार्यान्वयन गरिएको छ।

सर्ट रन : थर्ड अम्पायरले अन-फिल्ड अम्पायरको ‘सर्ट रन’ को निर्णयलाई समिक्षा गर्नेछ र अर्को बल फाल्नु भन्दा पहिले अन-फिल्ड अम्पायरलाई निर्णय बारे बताउनेछ।

प्लेयर रिभ्यु – एलबिडब्लु निर्णय रिभ्यु गर्नु अघि, आउट भएका ब्याट्सम्यान या फिल्डिंग टिमका कप्तानले अम्पायरसंग जाँच गर्न पाउनेछ कि बलले लाग्नु भन्दा अघि बल खेल्ने वास्तविक प्रयास गरिएको थियो या थिएन।

डीआरएस रिभ्यु – एलबिडब्लु रिभ्यु गर्दा पहिले स्टम्पको आधा भागसम्म लागेमा आउट हुन्थ्यो भने त्यो भन्दा माथिको बल अम्पायर्स कल हुने गर्थ्यो। तर अब त्यो क्षेत्र बढाएर स्टम्प माथिको बेलसम्म राखिएको छ र बेलको आधा भागसम्म लागे आउट हुनेछ भने आधा भन्दा माथिको हिस्सामा लागे अम्पायर्स कल हुनेछ।

सम्बन्धित 

https://wicketnepal.com/icc-rule-wn019-nz-vs-eng-final-twtr/

धेरैले पढेको 

https://wicketnepal.com/jaba-nepal-2-ball-ma-jiteko-thyo/

https://wicketnepal.com/odi-supear-league-debut-net-wn21/

https://wicketnepal.com/sandeep-england-yatra-kathin-bandai-wn21/

https://wicketnepal.com/afg-vs-pak-maitripurna-ser-wn21/





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]