टेस्ट क्रिकेट इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषदले ( आईसीसी ) आयोजना गरेको वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधिको लागि जुन १८ तारिख शुक्रबार न्युजिल्यान्ड र भारत प्रतिस्पर्धा गर्दैछन्। इंग्ल्यान्डको साउथह्याम्पटनको एजेज बल मैदानमा ऐतिहासिक खेल खेलिनेछ। दुवै टिमको सम्भावित अन्तिम-११ को यो लेखमा चर्चा गरेका छौँ।
भारतीय टिमको कुरा गर्दा रोहित शर्मा र शुभमन गिलको जोडी ओपनिंग गर्न उत्रनेछन्। यस्तै तेश्रो नम्बरमा चेतेश्वर पुजारा, चौथो नम्बरमा कप्तान बिराट कोहली र पाँचौ नम्बरमा अजिंके रहानेले ब्याटिंग गर्न सक्नेछन्। छैठौं नम्बरमा विकेटकिपर ब्याट्सम्यान रिशभ पन्त उत्रनेछन्। रभिन्द्र जडेजा र रभीचन्द्रन आश्विन सातौं र आठौँ नम्बरमा रहनेछन्। यस्तै मोहम्मद शामी, इशान्त शर्मा र मोहम्मद सिराज अन्तिम तिन नम्बरमा हुनेछन्। ब्याट्सम्यान हनुमा विहारी र रिद्दिमान शाह र फास्ट बलरद्वय उमेश यादव र मोहम्मद सिराजले मौका पाउने सम्भावना कम रहेको छ।
न्युजिल्यान्डको कुरा गर्दा टम लाथम र डेभोन कनले ओपनिंग गर्ने छन्। कप्तान केन विलियमसन तेश्रो नम्बरमा, चौथो नम्बरमा रस टेलर र पाँचौ नम्बरमा विल योंग आउनेछन्। विकेटकिपर ब्याट्सम्यान बिजे वाटलिंग छैठौं नम्बरमा खेल्नेछन्। कायल जेमीसन, एजाज पटेल सातौँ र आठौँ नम्बरमा तथा ट्रेन्ट बोल्ट, टिम साउदी र निल वागनर नवौं, दशौँ र एघारौँ नम्बरमा देखिनेछन्। टम ब्लनडेल, कोलिन डी ग्रयाण्डहोम, हेनरि निकोलस र म्याट हेनरी बाहिर बस्ने सम्भावना रहेको छ।
भारतको सम्भावित ११ : रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, बिराट कोहली (कप्तान), अजिंके रहाने, रिशभ पंत (विकेटकीपर), रभीन्द्र जडेजा, रभीचन्द्रन अश्विन, मोहम्मद शमी, इशांत शर्मा र जसप्रीत बुमराह
न्युजिल्यान्डको सम्भावित ११ : टम लाथम, डेभो कनवे, केन विलियमसन ( कप्तान ) , रोस टेलर, विल योंग, बिजे वाटलिंग, एजाज पटेल, कायल जेमीसन, ट्रेन्ट बोल्ट, टिम साउदी र निल वागनर