एजेन्सी – १३औं संस्करणको ओडिआई महिला विश्वकप आजबाट सुरु हुदैछ ।
विश्वकपको पहिलो खेलमा आयोजक दुई राष्ट्र भारत र श्रीलंकाकाबीचमा खेल हुदैछ । दुईबीचको खेल भारतको गुवाहाटीमा नेपाली समय अनुसार मंगलबार दिउसो सवा ३ मा सुरु हुदैछ । प्रतियोगिताका खेलहरु भारत तथा श्रीलंकामा आयोजना हुदैछ ।
प्रतियोगितामा ८ राष्ट्रको सहभागीता रहेको छ । सहभागी टिमबीच डबल राउण्ड रोबिनको आधारमा लिग चरणको खेल हुनेछ । लिग चरणको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको फाइनल खेल २ नोभेम्बरमा हुनेछ ।
