युएई क्रिकेटर नबिदले घातक बलिङ्ग गर्दा बिराटनगर ९१ मै समेटियो

Mohammad Naveed
  • विकेटनेपाल, मङ्सिर-२६ , बुधबार 

यूएई राष्ट्रिय क्रिकेटर समेत रहेका मोहम्मद मोहम्मद नबिदले उत्कृस्ट बलिङ्ग गरेपछि एभरेस्ट प्रिमियर लिग इपिएल टि-२० अन्तर्गत पाँचौ दिनको पहिलो खेलमा बिराटनगर वारियर्स ९१ रनमै समेटिन पुगेको छ।

टियु मैदानमा टस जितेर भैरहवाले पहिले बलिङ्ग गर्ने निर्णय गरेपछि बिराटनगरले अत्यन्त खराब सुरुवात गर्यो।

ओपनिङ्ग ब्याटिंग गर्न आएका कप्तान पारस खड्का दोश्रो ओभरमा कृष्ण कार्कीको बलमा शरद भेसावकरबाट समातिन पुगे भने लगत्तै ओभरमा अर्का ओपनर अनिल साहलाई मोहम्मद नाबेदले क्याच आउट गराए। त्यसै ओभरमा नाबेदले आसिफ शेखलाई पनि विकेटकिपरको हातमा क्याच आउट गराउदा वारियर्सको स्कोर ६ रनमा ३ विकेट ( २.५ ओभर ) पुग्यो। पारस १ रन, अनिल ४ रन तथा आसिफ खाता नखोली आउट भए।

त्यस लिगमा पहिलो खेल खेलीरहेका हंगकंग राष्ट्रिय क्रिकेटर बाबर हायातले पनि बिराटनगरलाई  ठुलो योगदान दिन सकेनन्। ६ रन बनाएका हायातलाइ कृष्ण कार्कीले छैठौं ओभरमा क्याच आउट गराए।

१५ रन बनाएका सुमित महर्जन रायन टेन डेस्काटेको बलमा क्याच आउट भए भने एउटा किनार सम्हालीरहेका रोल्फ भान डर मर्वे पनि २५ रनको व्यक्तिगत स्कोरमा अविनाश बोहराको बलमा विकेटकिपरको हातबाट क्याच समातिन पुगे।

६४ रनमा ६ विकेट गुमाएको बिराटनगरको लागि अन्तिम आशा बनेका करन केसी जो अघिल्लो खेलमा प्लेयर अफ द म्याच समेत बनेका थिए उनले १८ रनको इनिंग खेल्दै टिमलाई अघि बढाउने प्रयास गरे। तर शरद भेसवकरले उनलाई १४ औं ओभरमा पेभेलियनको दिशा देखाउदा टिम झन् समस्यामा पर्यो। करनले १५ बलमा १ छक्का र १ चौका हिर्काए।

करनको विकेट पछि तल्लो क्रममा ब्याटिंग गरेका हरि चौहानले अविजित १३ रन बनाए पनि बसन्त रेग्मी ( ५ ) , रोबिन क्षेत्री ( ० ) र भन मिकिरन ( २ ) ले खास योगदान दिन सकेनन्।

फलस्वरूप बिराटनगरले १८.४ ओभरमा ९१ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

उत्कृस्ट बलिङ्ग गरेका भैरहवा बलर मोहम्मद नबिदले ४ ओभरमा मात्र १४ रन खर्चेर ४ विकेट लिए भने कृष्ण कार्की र अविनाश बोहराले २/२ विकेट लिए। कार्कीले ४ ओभरमा १९ रन तथा बोहराले ३.४ ओभरमा १८ रन खर्चिए। यस्तै रायन टेन डेस्काटेले १ विकेट लिए।

प्रतियोगितामा यस अघि भैरहवाले खेलेको २ वटा खेलमा पोखरा राइनोज र चितवन टाइगर्सलाई पराजित गरिसकेको छ। यस्तै बिराटनगर वारियर्सले ललितपुर प्याट्रीएट्स र पोखरा राइनोजलाई पराजित गरिसकेको छ।

 

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]