यज्ञमान कुमालको अपत्यारिलो बलिङ्ग, एपीएफसंग प्रदेश-१ पराजित

  • विकेटनेपाल, पुष २७ – शुक्रबार 

तिब्र गति बलर यज्ञमान कुमालले अपत्यारिलो बलिङ्ग गर्दा मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय प्रतियोगितामा शशस्त्र प्रहरी बल ( एपीएफ ) ले प्रदेश नम्बर-१ लाई पराजित गरेको छ।

सुनसरीको इनरुवामा जारी प्रतियोगिता अन्तर्गत समुह ‘डी’ अन्तर्गतको खेलमा पहिले ब्याटिंग गर्दै एपीएफले दिएको १५५ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-१ मात्र ६२ रनमा सिमित हुन पुग्दा ९२ रनको हार बेहोर्यो।

पहिले ब्याटिंग गर्ने क्रममा एपीएफ ओपनर प्रज्वल शाही र अनिल साहले ३० रनको साझेदारी गरे। प्रज्वल १४ रन बनाएर पाँचौ ओभरमा आउट भए पछि उसले लगातार विकेट गुमायो। अनिल साह १२ रन, शंकर राना १ रन बनाएर आउट हुँदा एपीएफ ६.१ ओभरमा ३५/३ को अवस्थामा पुग्यो।

चौथो विकेटको लागि आसिफ शेख र पुरन बिकले ४५ रनको साझेदारी गर्दै टिमलाई उकासे। आसिफ  ३३ रन ( ३६ बल , ३ चौका र १ छक्का ) बनाएर आउट भए भने त्यसपछि आएका सुमित महर्जन खाता नखोली पेभेलियन फर्किए। भुवन कार्की २ रन तथा अमर सिंह रौटेला १ रन बनाएर आउट हुँदा एपीएफ २१.३ ओभरमा ९२/७ को खराब स्थितिमा पुग्यो।

पाँचौ नम्बरमा आएका पुरन बिक २८ रन बनाएर आउट हुँदा थोरै योगफलमा समेटिने खतरालाई नवौं नम्बरमा ब्याटिंग गरेका कमल सिंह ऐरिले टारे। ऐरिले ३३ रन ( ४१ बलमा २ चौका र १ छक्का ) बनाएर टिमको योगफल १५० पार गराउन महत्वपूर्ण योगदान दिए।

३५.६ ओभरमा १५४ रन बनाउदा एपीएफले सम्पूर्ण विकेट गुमाउन पुग्यो। प्रदेश नम्बर-१ ले २२ रन अतिरिक्तको रुपमा खर्चियो।

Dipesh Kandel
Dipesh Kandel

प्रदेश नम्बर-१ को बलिङ्गमा दिपेश कँडेलले सर्वाधिक ४ विकेट ( १०-१-३५-४ ) लिए भने सिद्धान्त लोहनीले ३ विकेट ( ९-१-४४-३ ) , मुकुन्द यादबले २ विकेट ( ४-०-९-२ ) तथा पुष्प थापाले १ विकेट ( ७-१-२४-१ ) लिए।

यज्ञमान कुमालको अपत्यारिलो बलिङ्ग 

१५५ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर-१ १७.४ ओभरमा ६२ रनमै समेटिन पुग्यो।

यु-१९ राष्ट्रिय टिमको लागि खेलीसकेका तिब्र गति बलर यज्ञमान कुमालले प्रदेश-१ को ब्याटिंग लाइन अप तहसनहस पारे। कुमालले प्रदेश-१ को पहिलो ५ जना ब्याट्सम्यानको विकेट लिंदा प्रदेश-१ ७.२ ओभरमा ११/५ को अवस्थामा पुगेको थियो। त्यसपछि पनि कुमाल रोकिएनन् र थप २ विकेट लिंदै कुल ७ विकेट हात पारे।

मात्र ५.५ ओभर बलिङ्ग गर्ने क्रममा खेल जीवनकै उत्कृस्ट बलिङ्ग गरेका कुमालले १ मेडन गर्दै १६ रन खर्चेर ७ ब्याट्सम्यान आउट गरे। त्यस क्रममा उनले २ जना ब्याट्सम्यानलाई बोल्ड गरे भने ५ जनालाई क्याच आउट गराए।

Yagyaman Kumal ( File Photo, WicketNepal )
Yagyaman Kumal ( File Photo, WicketNepal )

आफ्नो स्पेलको पहिलो ओभर अर्थात् दोश्रो इनिंगको दोश्रो ओभरको अन्तिम बलमा पहिलो विकेट लिएका कुमालले त्यसपछि खेलको चौथो ओभरमा २ विकेट तथा छैठौं र आठौँ ओभरमा १/१ विकेट लिएका थिए। त्यसपछि इनिंगको अन्तिम २ विकेट पनि कुमालले १५ औं र १७ औं ओभरमा लिए।

११/५ को नाजुक अवस्थामा रहेको प्रदेश नम्बर-१ को लाज ढाक्न नवौं नम्बरमा ब्याटिंग गरेका दिपेश कंडेलले सर्वाधिक १९ रन तथा आठौँ नम्बरका फिर्दोश अन्सारीले ११ रन योगदान दिए। प्रदेश-१ का ४ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्। एपीएफले १६ रन अतिरिक्तको रुपमा खर्चेको थियो।

एपीएफको लागि भुवन कार्कीले २ विकेट ( ४-१-११-२ ) तथा कमल ऐरिले १ विकेट ( ५-३-३-१ ) लिए।

खेलको प्लेयर अफ द म्याच यज्ञमान कुमाल घोषित भए।

प्रतियोगिता अन्तर्गत शनिवार एपीएफ र प्रदेश-४ बीच खेल हुनेछ। नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब यस अघिनै प्रतियोगिताको सेमीफाइनल प्रवेश गरिसकेका छन्।

माघ ७ गतेसम्म चल्ने प्रतियोगितामा शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजना रहेको छ। प्रतियोगिताको विजेताले उपाधिसँगै रु. ४ लाख १ हजार , उपविजेताले रु २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले रु २५/२५ हजार पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही रु २० हजार १०० पुरस्कार पाउनेछन्। अनुशासित टोलीले १५ हजार र उदयमान खेलाडीले १० हजार नगद पाउनेछन्।

( समाचार श्रोत – रोशन मण्डल )





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]