थाईल्याण्ड माथि योंगस्टारको बिशाल जित

थाईल्याण्ड भ्रमणमा रहेको दांगको योंग स्टार युवा क्लबले आफ्नो पहिलो टि-२० खेलमा थाईल्याण्ड क्रिकेट एसोसियसन ११ टिमलाई ९१ रनको बिशाल अन्तरले पराजित गरेको छ l शनिबार सम्पन्न ५० ओभरको खेलमा भने थाईल्याण्ड टिमले ७ विकेटको जित हात पारेको थियो l

( स्कोरकार्ड )

शुक्रबार थाईल्याण्ड पुगेको टिमले भोलि सोमबार सोहि टिमसंग टि-२० खेल खेल्ने कार्यक्रम रहेको छ l

टस जितेर टेर्डथाई क्रिकेट मैदानमा ब्याटिंग गरेको योंगस्टारका ओपनिंग ब्याट्सम्यान सोनु तामांगले अविजित ९७ रनको इनिंग खेलेपछि निर्धारित २० ओभरमा १८९/४ को स्कोर खडा गर्यो l तामांगले ६१ बलमा १० चौका र ५ छक्का प्रहार गरे l

अर्का ब्याट्सम्यान प्रशन्न शाक्यले पनि अर्धशतक प्रहार गर्ने क्रममा ३० बलमा ५७ रनको इनिंग खेले जसमा ७ छक्का सामेल थियो l सुदिप नेपाली ६, दिपेश शाक्य ४, ऋषि राज लहरे १ रनमा आउट भए l

सोनु र प्रशन्नले तेश्रो विकेटको लागि ११७ रनको साझेदारी गरेका थिए l

प्रतिउत्तरमा ब्याटिंग गरेको थाईल्याण्डले २० ओभरमा ९८/९ मात्रै बनाउन सक्यो l उसका पायुपथ बोसले सर्बाधिक ३२ रन योगदान दिंए l नेपाली टिमको लागि प्रविन अधिकारी र प्रशन्न शाक्य ३/३ विकेट हात पारे l

कप्तान रुपेश शर्माको नेतृत्वको टिमले शनिबार भएको ५० ओभर खेलमा भने कमजोर प्रदर्शन गरेको थियो l ५० ओभरको उक्त खेलमा पहिले ब्याटिंग गरेको योंगस्टारले दिएको ११७ रनको लक्ष थाईल्याण्डले २६ औ ओभरमा पुरा गरेको थियो l

यो पनि पढ्नुस :- 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy