थाईल्याण्ड भ्रमणमा रहेको दांगको योंग स्टार युवा क्लबले आफ्नो पहिलो टि-२० खेलमा थाईल्याण्ड क्रिकेट एसोसियसन ११ टिमलाई ९१ रनको बिशाल अन्तरले पराजित गरेको छ l शनिबार सम्पन्न ५० ओभरको खेलमा भने थाईल्याण्ड टिमले ७ विकेटको जित हात पारेको थियो l
( स्कोरकार्ड )
शुक्रबार थाईल्याण्ड पुगेको टिमले भोलि सोमबार सोहि टिमसंग टि-२० खेल खेल्ने कार्यक्रम रहेको छ l
टस जितेर टेर्डथाई क्रिकेट मैदानमा ब्याटिंग गरेको योंगस्टारका ओपनिंग ब्याट्सम्यान सोनु तामांगले अविजित ९७ रनको इनिंग खेलेपछि निर्धारित २० ओभरमा १८९/४ को स्कोर खडा गर्यो l तामांगले ६१ बलमा १० चौका र ५ छक्का प्रहार गरे l
अर्का ब्याट्सम्यान प्रशन्न शाक्यले पनि अर्धशतक प्रहार गर्ने क्रममा ३० बलमा ५७ रनको इनिंग खेले जसमा ७ छक्का सामेल थियो l सुदिप नेपाली ६, दिपेश शाक्य ४, ऋषि राज लहरे १ रनमा आउट भए l
सोनु र प्रशन्नले तेश्रो विकेटको लागि ११७ रनको साझेदारी गरेका थिए l
प्रतिउत्तरमा ब्याटिंग गरेको थाईल्याण्डले २० ओभरमा ९८/९ मात्रै बनाउन सक्यो l उसका पायुपथ बोसले सर्बाधिक ३२ रन योगदान दिंए l नेपाली टिमको लागि प्रविन अधिकारी र प्रशन्न शाक्य ३/३ विकेट हात पारे l
कप्तान रुपेश शर्माको नेतृत्वको टिमले शनिबार भएको ५० ओभर खेलमा भने कमजोर प्रदर्शन गरेको थियो l ५० ओभरको उक्त खेलमा पहिले ब्याटिंग गरेको योंगस्टारले दिएको ११७ रनको लक्ष थाईल्याण्डले २६ औ ओभरमा पुरा गरेको थियो l
यो पनि पढ्नुस :-
- सन्दिप लामिछाने यु-१९ रास्ट्रिय टिमको कप्तान, हेर्नुस को-को परे टिममा
- कस्तो रह्यो अस्ट्रेलियामा सन्दिपको प्रदर्शन ?
- नेपाल कठिन समुहमा ( यु-१९ एसिया कप )
- सन्दिप लामिछानेलाई शेन वार्नको ‘कल’