स्पोर्ट्स अवार्ड : क्रिकेटलाई एक मात्र अवार्ड, युकेश र सावित्रा सर्वोकृष्ट

प्याराग्लाईडिङका युकेश गुरुङ र फुटबलकी सावित्रा भण्डारी एनएसजेएफ बजार पल्सर स्पोर्ट्स अवार्ड २०७५ को बर्ष खेलाडी घोषित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा मंगलबार आयोजना गरेको कार्यक्रममा पुरुष स्पर्धामा युकेश र महिला स्पर्धामा सावित्रालाई बर्ष खेलाडी घोषित भएका हुन्।

पुरुषतर्फका विजेता युकेशले क्रिकेटका पारस खड्का र सोमपाल कामी तथा गल्फका शुक्रराज राई र जुडोका ईन्द्रबहादुर श्रेष्ठलाई पछाडी पार्दै अवार्ड जितेका हुन् । नेपाललाई १८ औ एसियाली खेलकुदमा प्याराग्लाईडिङ क्रसकन्ट्रीको पुरुष टिम ईभन्टमा रजत जिताउन सर्वाधिक स्कोर गरेका युकेशले स्याङ्जामा भएको पाराग्लाईडिङ एक्युरिसी वल्र्ड कपमा काँस्य पदक जितेका थिए ।

बर्ष महिला खेलाडी घाषित सावित्राले भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङलाई पछाडी पारिन् । नेपाललाई साफ च्याम्पियनसिपको उपविजेता बनाउन महत्वपुर्ण योगदान गरेकी सवित्राकै प्रभावशाली प्रर्दशनमा नेपालले भारतमा भएको हिरो गोल्डकपमा उपविजेता बनेको थियो।

Yukesh Gurung  ( Photo – Sudarshan Ranjit ) 

पिपल्स च्वाइस अवार्ड भने भलिबलकी विभागीय टिम एपीएफकी रेश्मा भण्डारीले चुनिईन्। उनले क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी र शारिरिक सुगठनका महेश्वर महर्जनलाई पछाडी पार्दै रेश्माले लोकप्रिय अवार्ड जित्न सफल भईन्। कार्यक्रममा सन्दिप लामिछाने भने मनोनयनका बाबजुत उपस्थित भएनन्।

बर्ष उत्कृष्ट प्रशिक्षक भने प्याराग्लाईडिङका योगश भट्टराई घोषित भए । एसियन गेम्समा नेपाललाई ऐतिहासिक रजत जिताएका उनी बर्षका उत्कृष्ट प्रशिक्षकको हकदार बने । उनले फुटबलका हरि खड्का, एथलेटिक्सका धनीराज चौधरी, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र विष्टलाई पछाडी पारे।

एथ्लेटिक्सका अजितकुमार यादव युवा बर्ष खेलाडी घोषित भए । तेस्रो एसियन युथ च्याम्पियनसिपको ३ हजार मिटर दौडमा कीर्तिमानी स्वर्ण जितेका उनलाई युवा बर्ष खेलाडी घोषित गरिएको हो । उनले ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जली कुमारी योञ्जन र कराँतेका विजय श्रेष्ठलाई पछाडी पारे।

अन्तराष्ट्रिय रुपमा ब्यवसायीक फुटबल करियर अघि बढाईरहेका रोहित चन्दलाई स्पेशल अवार्डबाट सम्मानित गरियो । उनी अहिले ईन्डोनेशियाको शीर्ष डिभिजनको लिग खेलिरहेका छन् । उनकै उच्च प्रर्दशनमा पर्सिजा जाकार्ताले गत बर्षको लिग उपाधि उचालेको थियो । उनी बर्षको मोस्ट भ्यालुएबल खेलाडी घोषित भएका थिए।

Mankeshari Chaudhary ( Photo – Pahilopost )

एसियन खेलकुदमा ऐतिहासिक रजत पदक जितेको प्याराग्लाईडिङ टिम अफ दी इयरबाट पुरस्कृत भयो। पारा बर्ष खेलाडी भने क्रिकेटकी मनकेसी चौधरीले हात पारन् । गत बर्ष पाकिस्तानविरुद्वको ४ म्याचको सिरिजमा उत्कृष्ट प्रर्दशन गरेकी उनीलाई पारा बर्ष खेलाडीबाट सम्मानित गरिएको हो।

अन्तर्राष्ट्रिय एसियन खेल पत्रकार अवार्डबाट एआईपीएसका महासचिव तथा पाकिस्तान खेलकुद राईटर्स एसोसियसनका अध्यक्ष अम्जद अजिज मल्लिक सम्मानित भए।

लाईफटाईम एचिभमेन्ट अवार्ड भने एथलेटिक्सका हरिबहादुर रोकायाले प्राप्त गरे।

२०७५ सालभर नेपाली खेलकुद क्षेत्रको माध्यमबाट राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा योगदान पुर्याउने खेलाडी तथा खेलसम्बद्व ब्यक्तिलाई अवार्ड कार्यक्रमबाट पुरस्कृत गरिएको हो।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]