युभराजको विस्फोटक ब्याटिंगका बाबजुद सन्दिपको टोरोन्टो पराजित , बाबर हायतको विस्फोटक ब्याटिंग

ग्लोबल टि-२० लिग क्यानडा अन्तर्गत सन्दिप लामिछानेको टिम टोरोन्टो नेसनल्सले तेश्रो हार बेहोरेको छ। प्रतियोगितामा अपराजित कोलिन मुनरो कप्तानीको टिम ब्राम्पटन वुल्भ्सले टोरोन्टोलाई ११ रनले पराजित गर्यो।

लगातार चौथो जित हात पार्दै अपराजित ब्राम्पटन अंकतालिकाको शिर्षस्थानमा कायमै रह्यो भने टोरोन्टो ४ खेलमा १ जित र ३ हार पछि पाँचौ स्थानमा रहेको छ। अब टोरोन्टोलाई अन्तिम ४ भित्र पर्दै प्ले-अफ चरण प्रवेश गर्न आज राति २:१५ बजे हुने खेलमा मोन्टरियल टाइगर्स बिरुद्ध जित आवस्यक रहेको छ। टोरोन्टो हारेको खण्डमा विन्नीपेग हक्स प्ले-अफ चरण प्रवेश गर्नेछ। सोमपाल कामि रहेको विन्नीपेगले सबै ५ खेल खेलीसकेको छ र ४ अंक सहित चौथो स्थानमा रहेको छ।

 युभराजको अर्धशतकले दिलाएन जित 

खेलमा पहिले ब्याटिंग गर्दै ब्राम्पटनले २० ओभरमा ६ विकेट गुमाएर २२२ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा टोरोन्टोले २० ओभरमा ७ विकेट गुमाएर २११ रन मात्र बनाउन सक्यो।

टोरोन्टोका कप्तान युभराज सिंहले मात्र २२ बलमा ५  छक्का र ३ चौका प्रहार गर्दै ५१ रन बनाए पनि जितको लागि पर्याप्त रहन सकेन। टोरोन्टोको लागि अन्य ब्याट्सम्यानले ठुलो योगफल बनाउन सकेनन्। ब्रेण्डन म्याकलमले ३६, हेनरीच क्लासेनले ३५ रन बनाए।

अन्तिम ओभरमा जितको लागि १९ रन आवस्यक हुँदा ब्राम्पटन बलर शहिद अफ्रिदीले ८ रन मात्रै खर्चदै ब्राम्पटनलाई जित दिलाए। अफ्रिदीले ४ ओभरमा मात्र २९ रन खर्चेर १ विकेट लिए। ब्राम्प्तटन बलर नवाब सिंहले २ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको ब्राम्पटनको लागि जर्ज मुनसेले सर्वाधिक ६६ रन बनाएका थिए। ३६ बलमा उनले ६ चौका र ५ छक्का प्रहार गरे। यस्तै हंगकंग क्रिकेटर बाबर हायतले अविजित ४८ रन बनाउन २ चौका र ५ छक्का प्रहार गरे।

नेपाली स्पिनर सन्दिपले १ विकेट लिए पनि ४ ओभरमा ४४ रन खर्चिए। उनले त्यस क्रममा ब्राम्पटन कप्तान कोलिन मुनरोको विकेट लिए। पहिलो ओभरमै सन्दिपले २४ रन खर्चिएका थिए जुन क्रम जर्ज मुनसेले २ छक्का र ३ चौका प्रहार गरेका थिए। सन्दिपको प्रदर्शन बारे बिस्तृतमा 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy