यो वर्ष बिग ‘ब्यास लिग’मा भारतीय स्टार खेलाडी युभराज सिंह खेल्न सक्ने

इन्डियन प्रिमियर लिग ( आईपीएल ) बाहेक विश्वका अन्य लिगहरुमा खेल्ने भारतीय खेलाडीहरु निकै कम छन्। भारतीय क्रिकेट बोर्डले ( बिसीसीआई ) भारतीय क्रिकेटमा सक्रिय खेलाडीहरुलाई भारत बाहिरको लिगमा खेल्न अनुमति दिंदैन। विदेशी लिग खेल्नको लागि खेलाडीहरुले बिसीसीआईको ‘नो अब्जेक्सन लेटर’ लिनु पर्नेहुन्छ। भारतको घरेलु क्रिकेट र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास पछि मात्रै खेलाडीहरुलाई बिसीसीआईले विदेशमा आयोजना हुने लिग खेल्न अनुमति दिने गरेको छ।

अस्ट्रेलियाको ‘सिड्नी मर्निंग  हेराल्ड’ पत्रिकाले भारतीय क्रिकेटका ठूला खेलाडी मध्येका एक युभराज सिंहलाई आगामी सिजन अस्ट्रेलियाको ‘बिग ब्यास’ लिगमा फ्यानहरुले देख्न पाउनसक्ने बताएको छ। गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका सिंहले यो सिजन बिग ब्यास खेल्ने मनसाय व्यक्त गरेको रिपोर्टमा बताईएको छ।

बिग ब्यास लिग यो वर्ष पहिलो पटक कुनै भारतीय पुरुष क्रिकेटरलाई स्वागत गर्न तयार गरेको जसको लागि बिग ब्यास क्लबहरुको चासो रहेको रिपोर्टले बताएको छ। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेपछि ३८ वर्षीय बायाँ हाते ब्याट्सम्यान सिंहले अन्तर्राष्ट्रिय क्रिकेट र आईपीएलबाट सन्यास लिएका कारण विदेशी लिग खेल्न खुला रहेका छन्। सिंहलाई गत वर्ष क्यानडामा सम्पन्न ग्लोबल टि-२० लिग खेल्न बिसीसीआईले ‘नो अब्जेक्सन लेटर’ समेत दिएको थियो। सिंहले गत वर्ष नोभेम्बरमा युएईको टि-२० लिग समेत खेलेका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटबाट गत वर्ष सन्यास लिएका सिंहले गत वर्ष क्यानडा ग्लोबल टि-२० लिग र युएई टि-१० लिग खेलेका थिए

युभराज सिंहका व्य्वाथापक ‘डब्लु स्पोर्ट्स’ का जेसन वार्नले युभराजलाई क्रिकेट अस्ट्रेलियाले बिग ब्यास खेलाउन उपयुक्त टिम खोजिरहेको स्वीकार गरेका छन्-

“हामि क्रिकेट अस्ट्रेलियासंग उनलाई घर खोज्न प्रयास गरिरहेका छौँ” वार्नले बताए।

सोहि रिपोर्टका अनुसार बिग ब्यास टिमहरु युभराजलाई लिन सकारात्मक रहेका छन्। २०११ को एकदिवसीय भारतले जित्दा प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका युभराजलाई बिग ब्यास खेलाउनको लागि अस्ट्रेलियाको क्रिकेट खेलाडी संघका अध्यक्ष शेन वाटसनले पनि प्रयास गरेका थिए जसले भारतीय खेलाडी प्रतियोगितामा आउनु प्रतियोगिताको लागि निकै फाइदाजनक हुने बताएका थिए।

“भारतमा धेरै विश्वस्तरिय टि-२० खेलाडीहरु रहेका छन् जो भारतको लागि खेलीरहेका छैनन्। उनीहरु बिग व्यस लिग तथा अन्य विदेशी लिगहरुमा उपलब्ध हुनसक्छन्। यदी त्यस्तो सम्भव भएको खण्डमा त्यसले निकै ठूलो परिवर्तन समेत ल्याउनेछ” वाटसनले बताए।

यो सिजन बिग ब्यास लिग डिसेम्बर १९ देखि सुरु हुँदैछ

अस्ट्रेलियाका पूर्व स्टार क्रिकेटर शेन वार्नले इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ लिगमा पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीलाई खेलाउन प्रयास गरेका थिए। बिग ब्यास लिगमा धोनीलाई पनि खेलाउने बिग ब्यास लिगको चाहना रहेता पनि धोनी अझै आईपीएल खेलीरहेका कारण त्यो छिट्टै सम्भव हुनेछैन।

युभराज सिंहले भारतको लागि ४० टेस्ट, ३०४ वानडे र ५८ टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए। सन् २००० मा डेब्यु गरेका उनले अन्तिम पटक भारतको लागि २०१७ मा खेलेका थिए।

बिग ब्यास लिगको नवौं सिजन यो वर्ष डिसेम्बर १९ देखि सुरु हुनेछ जसमा ८ टिम सहभागी हुने गर्दछन्। लिगको अघिल्लो सिजन नेपाली स्पिनर सन्दिप लामिछानेले मेलबर्न स्टार्सको प्रतिनिधित्व गरेका थिए।

सम्बन्धित –

https://wicketnepal.com/10-ind-cric-farwell-match-wn20/

यो पनि पढ्नुस :-

https://wicketnepal.com/10-players-ipl-orange-cap-wn20/

https://wicketnepal.com/stokes-le-suruwati-khel-gumaune-ipl-wn20/

https://wicketnepal.com/ipl-orange-cap-9-players/

https://wicketnepal.com/pradeep-airee-best-perf-wn20/

https://wicketnepal.com/bradman-11-records-unbreakable-wn20/

https://wicketnepal.com/sandeep-best-9-spell-in-foreign-t20-league/

https://wicketnepal.com/subash-khakurel-9-best-innings-wn20/





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]