युवराज सिंह द्वारा नेपाली युवा टिमको प्रसंशा

Nepal U19 Cricket Team after beating India U19 cricket team
  • विकेटनेपाल, २१ मङ्सिर  

भारतीय क्रिकेटर युवराज सिंहले नेपाली यु-१९ रास्ट्रिय क्रिकेट टिमको प्रसंशा गरेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले यु-१९ बिश्वकप सुरु हुनु अघि गरेको अन्तर्वार्ताको क्रममा युवराजलाई सोधिएको एक प्रश्नको उत्तरमा उनले नेपाली यु-१९ टिमले राम्रो गरिरहेको जवाफ दिएका हुन्।

यु-१९ बिश्वकप २०१८ जित्ने दाबेदार रास्ट्र कुन हो ? भन्न प्रश्नमा युबराजले आयोजक रास्ट्र न्युजिल्याण्ड र भारत दाबेदार रहेको र अफगानिस्तान, नेपालले पनि राम्रो गरिरहेको बताएका छन्।

“न्युजिल्याण्ड र पक्का पनि भारत, अफगानिस्तान, नेपाल निकै राम्रो गरिरहेका छन्। यु-१९ स्तरमा भविष्यवाणी गर्नु मुस्किल हुन्छ”

युवराजले नेपाली टिमको नाम लिंदै गर्दा नेपाल भने यो पटकको यु-१९ बिश्वकपमा छनौट हुन सकेको छैन। यसै बर्ष जुलाईमा सिंगापुरमा सम्पन्न यु-१९ एसिया बिश्व कप छनौट प्रतियोगितामा दोश्रो स्थान हात पारेपछि नेपाल छनौट हुन असफल भएको थियो। प्रतियोगितामा पहिलो हुँदै अफगानिस्तान बिश्वकप छनौट भएको थियो।

गत महिना मलेसियामा सम्पन्न यु-१९ एसिया कपमा नेपाली युवा टिमले भारतलाई पहिलो पटक पराजित गरेपछि भारतीय मिडियामा चर्चाको बिषय बनेको थियो। राहुल द्रविडले प्रशिक्षण गरिरहेको भारतलाई नेपालले कुनै पनि स्तरको क्रिकेटमा पहिलो पटक पराजित गरेको थियो। १९ रनले भारतबिरुद्ध विजय हुने क्रममा नेपालले दिएको १८६ रनको लक्ष पछ्याएको भारत १६६ रनमै अलआउट भएको थियो। उक्त खेलमा नेपालका कप्तान दिपेन्द्र ऐरील ८८ रन बनाउनुको साथै ४ विकेट हात पारेका थिए।

यो पनि पढ्नुस – भारत पराजित भएपछि चर्चित भारतीय कमेन्टेटर हर्षा भोगलेको यस्तो भनाइ

नेपाली यु-१९ टिमले गत महिना भारतलाई पराजित गरेको थियो

यु-१९ बिश्वकप जनवरी १३ जनवरी देखि न्युजिल्याण्डमा सुरु हुनेछ जसमा १६ रास्ट्रहरु सहभागी हुनेछन्। १२ टेस्ट रास्ट्र पछि पपुवा न्युगिनी, क्यानाडा, केन्या र नामिबिया प्रतियोगिताको लागी छनौट भएका छन्।

नेपाल २०१६ को बंगलादेशमा सम्पन्न यो भन्दा अघिल्लो संस्करणमा यु-१९ बिश्वकपमा छनौट भएको थियो जुनबेला क्वार्टरफाइनल सम्म स्थान बनाएको थियो। त्यस प्रतियोगितामा नेपालले टेस्ट रास्ट्र न्युजिल्याण्डलाई पराजित गरेको थियो।

यो पनि पढ्नुस – भारतीय मिडियाले यसरी गरे नेपाली टिमको तारिफ

सन् २००० देखि यु-१९ बिश्वकप खेल्न थालेको नेपालले हालसम्म ७ वटा बिश्वकपमा सहभागिता जनाईसकेको छ। यस क्रममा नेपालले पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रीका, न्युजिल्याण्ड जस्ता टेस्ट रास्ट्रहरुलाई पराजित गरिसकेको छ। सन् २००६ यु-१९ बिश्वकपको प्लेट-च्याम्पियनसिपको फाइनलमा नेपालले दक्षिण अफ्रीकालाई पराजित गर्न सफल भएको थियो।

युबराज सिंह आफै पनि यु-१९ क्रिकेटर हुँदै भारतीय टिमको यात्रा गरेका क्रिकेटर हुन्। सन् २००० को यु-१९ बिश्वकप भारतले जित्दा मोहम्मद कैफको कप्तानीमा खेलेका युबराज उत्कृस्ट प्रदर्शन गर्दै प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका थिए। सोहि प्रदर्शनको आधारमा उनलाई भारतीय टिममा चुनिएको थियो।

युबराजको आईसीसीसंगकको अन्तर्वार्ता नेपाली यु-१९ टिम प्रशिक्षक बिनोद दासले आफ्नो फेसबुकमा शेयर गर्दै युबराज सिंहले पनि नेपाल यु-१९ टिम यु-१९ स्तरमा बलियो टिम रहेको स्वीकार गरे भनेका छन्। युवराजको अन्तर्वार्ता हेर्न यो लिंकमा क्लिक गर्नुहोला 

केहि दिन अघि आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचर्डसनले नेपाली युवा टिमको प्रशंशा गरेका थिए। उनले नेपाल क्रिकेटको बिकाससिल रास्ट्रहरुको लागि उदाहरण रहेको प्रतिक्रिया दिंदै यु-१९ स्तरमा उत्कृस्ट प्रदर्शन गरेको उल्लेख गरेका थिए।





थप समाचार

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]

लुम्बिनीविरुद्ध आर्मीको सहज जित, फाइनल प्रवेशकाे सम्भावना बलियाे

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको […]

आईपीएल : हैदरावाद र राजस्थान तथा चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छ। आज हुने पहिलाे खेल सनराइजर्स हैदरावाद र राजस्थान […]

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]