पाकिस्तान बिरुद्ध जिम्बाब्वेको ऐतिहासिक जित

दोश्रो खेलमा पाकिस्तानलाई १९ रनले स्तभ पार्दै घरेलु टोलि जिम्बाब्वेले तिन वटा टि-२० को सिरिज १-१ को बराबरी गरेको छ।

जिम्बाब्वेको क्रिकेट इतिहासमै टि-२० फर्म्याटमा पाकिस्तानलाई पराजित गरेको यो पहिलो पटक हो। यस अघि खेलिएको १५ वटै खेलमा जिम्बाब्वेलाई पाकिस्तानले पराजित गरेको थियो।

हरारे स्थित हरारे स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा जिम्बाब्वेले दिएको ११९ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा एक समय पाकिस्तानले ७८ रनमा मात्र ३ विकेट गुमाएको थियो तर थप २१ रन जोड्दा पाकिस्तानले थप ७ विकेट गुमाउन पुग्यो।

पाकिस्तानको लागि कप्तान बाबर आजमले सर्वाधिक ४१ रन बनाए जुन क्रममा ४५ बलमा ५ चौका प्रहार गरे। दानिश अजिजले २२ तथा मोहम्मद रिजवानले १३ बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। फखर जमानले २, मोहम्मद हफिजले ५, आसिफ अलिले १ तथा फहीम अशरफले २ रन बनाए।

जिम्बाब्वेको बलिंगमा दायाँ हाते पेसर लुक जोंग्वेले सर्वाधिक ४ विकेट ( ३.५-०-१८-४ ) तथा लेग स्पिनर रायन बर्लले २ विकेट ( ४-०-२१-२ ) लिए। ब्लेसिंग मुजरबानी र रिचर्ड नगर्भाले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा ११८ रन बनाएको थियो।

जिम्बाब्वेको ब्याटिंगमा ओपनर तिनाशे कामुनहुकाम्वेले सर्वाधिक ३४ रन, रेगिस चकाभाले १८ रन, मधिभीरेले १६ रन योगदान दिए। पाकिस्तानको बलिंगमा मोहम्मद हसनैन ( ३-०-१९-२ ) र दानिश अजिज ( ३-०-२९-२ ) ले समान २ विकेट लिए। फहीम अश्रफ, अर्षद इक्बाल, हरिस रौफ र उस्मान कादिरले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा पाकिस्तान ११ रनले विजयी भएको थियो। सिरिजको तेश्रो तथा निर्णायक टि-२० आइतबार खेलिनेछ। दुई देश बीच अप्रिल २९ तारिख देखि दुईवटा टेस्टको सिरिज सुरु हुनेछ।

यो पनि पढ्नुस 

पन्जाबलाई गौतम गम्भीरको सुझाव, गेललाई ओपनिंग गराउनु पर्छ

त्रिदेशीय सिरिज : फ्यान क्लबले ‘म्यान अफ द म्याच’ र कीर्तिमानी खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने

IPL : पडीक्कलको शतक र कोहलीको किर्तिमान, बैंगलोरको लगातार चौथो जित





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]