म्याच विनिंग इनिंग खेल्दै मासाकाड्जाको १८ वर्षीय करियरको अन्त्य

बंगलादेशमा जारि त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत जिम्बाबेले पहिलो जित दर्ता गर्ने क्रममा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको छ।

करियरको अन्तिम खेल खेल्ने क्रममा कप्तान ह्यामिल्टन मासाकाड्जाले उत्कृस्ट इनिंग खेल्दै जितमा अहम योगदान दिए। जिम्बाबेको लागि टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाएका मासाकाड्जाले ३८ टेस्ट, २०९ एकदिवसीय र ६६ टि-२० खेल्दै क्रमशः २ हजार २ सय २३, ५ हजार ६ सय ५८ तथा १ हजार ६ सय ६२ रन बनाए। ३६ वर्षीय मासाकाड्जाले सन् २००१ मा टेस्ट र एकदिवसीयमा डेब्यु गरेका थिए।

सिरिज अन्तर्गत यस अघि ३ वटा खेलमा हार बेहोर्दै जिम्बाबे फाइनल पुग्न असफल भैसकेको छ। अफगानिस्तान र बंगलादेशले यस अघि २/२ वटा खेल जित्दै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन्।

अन्तिम खेलमा सान्त्वना जित हात पार्ने क्रममा पहिले ब्याटिंग गर्दै अफगानिस्तानले दिएको १५६ रनको लक्ष्य जिम्बाबेले ३ विकेट गुमाएर १९.३ ओभरमा पुरा गर्यो।

कप्तान मासाकाड्जाले सर्वाधिक ४२ बलमा ७१ रन बनाउदै जितको आधार तयार गरे। टि-२० अन्तर्राष्ट्रियमा अन्तिम खेल खेल्दा कुनै पनि ब्याट्सम्यानको यो सर्वाधिक योगफल हो। उनले ४ चौका र ५ छक्का प्रहार गरे। पहिलो विकेटको लागि ब्रेण्डन टेलरसंग ४० तथा दोश्रो विकेटको लागि रेगिस चकाभासंग उनले ७० रनको साझेदारी गरे। चकाभाले ३९ रन बनाए भने सेन विलियम्सले अविजित २१ रन बनाउदै टिमलाई जित दिलाए।

अफगानिस्तानको बलिंगमा मुजिब उर् रहमानले २ विकेट तथा दौलत जद्रानले १ विकेट लिए।

अफगानिस्तानको इनिंग  

यस अघि टस जितेर ब्याटिंग गर्दै अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो।

अफगानिस्तानको लागि ओपनर रहमनुल्लाह गुर्बाजले सर्वाधिक ६१ ( ४७ बलमा ४ चौका र ४ छक्का ) तथा हज्रतुल्लाह जजईले ३१ रन बनाए।पहिलो विकेटको लागि गुर्बाज र जजईले ८३ रनको साझेदारी गरेका थिए। दशौँ ओभरमा जजईको विकेट गुमेपछि अफगानिस्तानले लगातार विकेट गुमाएको थियो।

जिम्बाबे बलर क्रिस मोफुले सर्वाधिक ४ विकेट ( ४-०-३०-४ ) लिए।

 

 

 





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]