सनसनीपूर्ण खेलमा जिम्बाबेसंग २ रनले हार्यो अफगानिस्तान

  • विकेटनेपाल, फाल्गुन २२ 

आईसीसी बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा बलियो प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गरेको जिम्बाबेले २ रनको रोमान्चक जित निकालेको छ। स्कटल्याण्डसंग पहिलो खेलमा हार बेहोरेको अफगानिस्तानले यो संगै लगातार दोश्रो खेलमा हार बेहोरेको छ।

अत्यन्त रोमान्चक खेलमा जिम्बाबेले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान जितको नजिक पुगे पनि १९४ रनमा अलआउट हुन पुग्दा घरेलु टिम जिम्बाबेले लगातार दोश्रो जित हात पार्यो।

लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले १७७ रन बनाउदा ९ विकेट गुमाईसकेको थियो र १ विकेट मात्र बाँकी रहंदा जितको लागि अझै २० रन आवस्यक थियो। त्यो अवस्थामा १० औं विकेटको लागि शापुर जद्रान र दौलत जद्रानले १७ रनको साझेदारी गर्दै लगभग जित दिलाईसकेका थिए।

अन्तिम ओभरमा अफगानिस्तानलाई जितको लागि मात्र ४ रन बाँकी थियो र १ विकेट।

ब्रायन भिटोरीले गरेको अन्तिम ओभरको पहिलो बलमा रन बनाउन नसके पछि दोश्रो बलमा दौलतले १ रन लिंदै स्ट्राइक शपुरलाई दिए। चौथो बलमा सपुरलाई भिटोरीले विकेट किपर ब्रेण्डन टेलरको हातबाट क्याच आउट गराएपछि अफगानिस्तानले २ रनको झिनो अन्तरको हार बेहोर्न बाध्य भयो।

जिम्बाबे बलर ब्लेसिंग मुजाराबानीले सर्वाधिक ४ विकेट ( १०-१-४७-४ ) तथा सिकन्दर राजाले ३ विकेट ( १०-१-४०-३ ) हात पारे। अन्तिम विकेट दिलाउदै जितमा नायक बनेका भिटोरीले ९.३ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए। खराब ब्याटिंग गरेको अफगानिस्तानको लागि रमाहट शाहले सर्वाधिक ६९ रन तथा मोहम्मद नाबीले ५१ रन योगदान दिएका थिए।

जिम्बाबेको ब्याटिंग 

टस जितेर पहिले ब्याटिंग गरेको जिम्बाबेले ४३ ओभरमा १९६ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो।नेपालसंग पहिलो खेलमा शतक बनाएका दुई ब्याट्सम्यान ब्रेण्डन टेलर र सिकन्दर राजाले जिम्बाबेको लागि पुनः उत्कृस्ट योगदान दिए। टेलरले ८९ रन ( ७ चौका र ३ छक्का ) तथा राजाले ६० रन ( ६ चौका र १ छक्का ) बनाए। क्रेग इर्भिनले १३ रन योगदान दिनु बाहेक अन्य जिम्बाबे ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।

जिम्बाबेलाई सस्तोमा समेट्न अफगानिस्तान बलर मुजिब उर् रहमान र रासिद खानले समान ३/३ विकेट लिए। रहमान ९ ओभरमा ४९ रन तथा खान ८ ओभरमा ३८ रन खर्चिए। दौलत जद्रानले २ तथा मोहम्मद नाबीले १ विकेट लिए।





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]