जिम्बाब्वे ‘ए’ द्वारा नेपाल ६ विकेटले पराजित

पहिलो खेलमा नेपाललाई ६ विकेटले पराजित गर्दै टेस्ट राष्ट्र जिम्बाब्वेको ‘ए’ टिमले तिन  खेलको टि-२० सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।

टियु अन्तर्राष्ट्रिय मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बाब्वे ‘ए’  ले ४ विकेट क्षतिमा ७ बल बाँकी रहँदै भेटायो। स्कोरकार्ड हेर्नुस 

जिम्बाब्वे ‘ए’ को लागि ओपनर ताडीवानाशे मरुमानीले सर्वाधिक ५६ रन बनाए। टोनी मुन्योंगाले ५०, इनोसेन्ट कैयाले ४७ रन बनाए। मरुमानीले कियासंग ७३ रनको ओपनिंग साझेदारी तथा मुन्योंगासंग ७२ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।

नेपालको बलिंगमा डेब्यु गरेका देब्रे हाते स्पिनर बसिर एहमदले २ विकेट तथा करन केसी र सन्दिप लामिछानेले १/१ विकेट लिए।

नेपालको ब्याटिंगमा मोहम्मद आदील आलमले सर्वाधिक ४७ रन बनाए जुन क्रममा अविजित रहँदै उनले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। कुशल भुर्तेलले ४६, रोहित पौडेलले ३६ तथा दिपेन्द्र ऐरीले २८ रन योगदान दिए। स्कोरकार्ड 

ओपनर आसिफ सेख ९ रन बनाएर आउट हुँदा दोश्रो विकेटको लागि भुर्तेलले रोहित पौडेलसंग ५७ रन जोडे। एघरुण ओभरमा भुर्तेललाई ब्राण्डन मभुताले क्याच आउट पारे। तेश्रो विकेटको लागि रोहित पौडेल र दिपेन्द्र ऐरीले ३९ रन जोडे। रोहित १४ औं र दिपेन्द्र १६ औं ओभरमा आउट भए। त्यसपछि आदील आलमले आक्रामक ब्याटिंग गरे।

जिम्बाब्वे ‘ए’ का बलर  ब्राड इभान्स, लु जोंग्वे, ब्राण्डन मभुता र जोन मसाराले १/१ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy