जिम्बाब्वे ‘ए’ द्वारा नेपाल ६ विकेटले पराजित

पहिलो खेलमा नेपाललाई ६ विकेटले पराजित गर्दै टेस्ट राष्ट्र जिम्बाब्वेको ‘ए’ टिमले तिन  खेलको टि-२० सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।

टियु अन्तर्राष्ट्रिय मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बाब्वे ‘ए’  ले ४ विकेट क्षतिमा ७ बल बाँकी रहँदै भेटायो। स्कोरकार्ड हेर्नुस 

जिम्बाब्वे ‘ए’ को लागि ओपनर ताडीवानाशे मरुमानीले सर्वाधिक ५६ रन बनाए। टोनी मुन्योंगाले ५०, इनोसेन्ट कैयाले ४७ रन बनाए। मरुमानीले कियासंग ७३ रनको ओपनिंग साझेदारी तथा मुन्योंगासंग ७२ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।

नेपालको बलिंगमा डेब्यु गरेका देब्रे हाते स्पिनर बसिर एहमदले २ विकेट तथा करन केसी र सन्दिप लामिछानेले १/१ विकेट लिए।

नेपालको ब्याटिंगमा मोहम्मद आदील आलमले सर्वाधिक ४७ रन बनाए जुन क्रममा अविजित रहँदै उनले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। कुशल भुर्तेलले ४६, रोहित पौडेलले ३६ तथा दिपेन्द्र ऐरीले २८ रन योगदान दिए। स्कोरकार्ड 

ओपनर आसिफ सेख ९ रन बनाएर आउट हुँदा दोश्रो विकेटको लागि भुर्तेलले रोहित पौडेलसंग ५७ रन जोडे। एघरुण ओभरमा भुर्तेललाई ब्राण्डन मभुताले क्याच आउट पारे। तेश्रो विकेटको लागि रोहित पौडेल र दिपेन्द्र ऐरीले ३९ रन जोडे। रोहित १४ औं र दिपेन्द्र १६ औं ओभरमा आउट भए। त्यसपछि आदील आलमले आक्रामक ब्याटिंग गरे।

जिम्बाब्वे ‘ए’ का बलर  ब्राड इभान्स, लु जोंग्वे, ब्राण्डन मभुता र जोन मसाराले १/१ विकेट लिए।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]