दोश्रो वानडे : जिम्बाबेद्वारा युएई ४ रन ( डी/एल ) ले पराजित

जिम्बाबे भ्रमणमा रहेको युएईले ४ एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेलमा पनि पराजय बेहोरेको छ। पहिलो खेलमा ७ विकेटको हार बेहोरेको युएईले सुधारिएको प्रदर्शन गरे पनि हार टार्न नसक्दा सिरिजमा २-० ले पछि परेको छ।

खेलमा पहिले ब्याटिंग गरेको युएईले दिएको २१० रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाबेले ३२ ओभरमा १८५/४ को योगफल बनाउदा वर्षाले खेल रोकिएपछि डी/एल मेथडको आधारमा जिम्बाबेले ४ रनको जित हात पारेको हो।

यस अघि युएईको इनिंग पनि वर्षाले प्रभावित भए पछि इनिंग ३५ ओभरमा छोट्याईएको थियो। ३५ ओभरमा युएईले  ८ विकेट गुमाएर १६९ रन बनाएपछि जिम्बाबेलाई डी/एल मेथडको आधारमा लक्ष्य बढाएर २१० दिईएको थियो।

 

लक्ष्य पछ्याउने क्रममा जिम्बाबेले पहिलो ४ विकेट ९२ रनको योगफलमा  गुमाईसकेको थियो। चौथो विकेटको लागि ओपनर चकाभा र छैठौं नम्बरमा ब्याटिंग गरेका कप्तान पिटर मुरले ९५ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। मुरले अविजित ४५ रन ( ३३ बलमा १ चौका र ३ छक्का ) तथा चकाभाले अविजित ७८ रन ( १०१ बलमा ५ चौका ) प्रहार गरे।

युएई बलर रोहन मुस्तफाले २ विकेट ( ७-०-३८-२ ) तथा जहुर खान र इमरान हैदरले १/१ विकेट लिए।

युएईको ब्याटिंग 

टस हारेर ब्याटिंग गरेको युए ईले पहिलो ३ विकेट १२ रनमै गुमाएको थियो। चौथो विकेटको लागि घुलाम शब्बिर र शैमन अनवरले १३१ रनको विशाल साझेदारी गरे।

शब्बिरले ५६ रन ( ८८ बलमा ३ चौका ) तथा अनवरले ७३ रन ( ७३ लमा ७ चौका र २ छक्का ) प्रहार गरे। कप्तान मोहम्मद नबिदले १० रन बनाउनु बाहेक अन्य युएई ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

३५ ओभरमा ८ विकेट गुमाएर युएईए १६९ रनको योगफल तयार गरेको थियो।

जिम्बाबेको बलिङ्गमा कायल जार्भिसले सर्वाधिक ४ विकेट ( ७-१-१७-४ ) तथा डोनाल्ड तिरीपानोले ३ विकेट ( ७-०-३४-३ ) लिए।

सिरिज अन्तर्गत आगामी खेल अप्रिल १४ र अप्रिल १६ तारिकमा खेलिने तालिका रहेको छ।

 





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]