जिम्बाब्वे सिरिजको लागि अभ्यास सुरु

शनिबारदेखि कीर्तिपुर मैदानमा जिम्बाब्वेको ए टोलीसँग हुने तीन एक दिवसीय र तीन ट्वान्टी–२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबारबाट प्रशिक्षण थालेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एकदिवसीय र टी ट्वान्टी शृंखलाका लागि बोलाएका २३ खेलाडीलाई समावेश गर्दै बुधबारबाट प्रशिक्षण थालेको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा टोलीले पहिलो दिन बुधबार ब्याटिङ पक्षलाई ध्यान दिँदै प्रशिक्षण गरेको थियो। यसअघि मंगलबा टोली त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा फिटनेसको अभ्यास गरेको थियो। राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेसँगै टोलीलाई बन्द प्रशिक्षण सुरु गरिएको हो।

कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने शृंखलामा क्यानले यसअघि सन्दीप लामिछानेको कप्तानीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमलालाई समेटेर टोली घोषणा गरेको थियो।

जसमा बसिर अहमदले पहिलो पटक स्थान बनाएका छन भने सुनील धमलाले लामो समयपछि कमब्याक गरेका छन्। आयोजक नेपालले भ्रमणकारी टोली जिम्मेबाब्वे ए टोलीसँग तीन एकदिवसीय र तीन ट्वान्टी-२० शृंखला खेल्दै छ। यही टिमबाट खेलको दिन सुरुवाती ११ छनोट गरिने क्यानले जनाएको छ।

शृंखला बैशाख १७ गते बाट हुँदै छ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ। एक दिवसीय शृंखला बैशाख १७ देखि २१ सम्म चल्ने छ भने ट्वान्टी–२० बैशाख २३ देखि २६ सम्म सञ्चालन हुने तालिका रहेको छ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]