जिम्बाब्वे टि-२० सिरिजको लागि टिमको घोषणा, बसिरलाई मौका

नेपाल र जिम्बाब्वे ‘ए’ टिम बीच आइतबार देखि सुरु हुने तिन खेलको टि-ट्वान्टी सिरिजको लागि नेपाल क्रिकेट संघ ( क्यान ) ले १७ सदस्यीय टिमको घोषणा गरेको छ।

यस अघि आज देखि तिन वटा एकदिवसीय सिरिज हुने निर्धारण गरिएता पनि वर्षाका कारण पहिलो खेल टस समेत नभई रद्द भएपछि क्यानले खेल तालिका परिवर्तन गर्दै टि-२० सिरिज पहिले गर्ने निर्णय गरेको हो। नयाँ खेल तालिका अनुसार मे १, २ र ४ तारिखमा तिन वटा टि-२० खेलिनेछ भने मे ६, ७ र ९ तारिखमा तिन वटा एकदिवसीयको सिरिज हुनेछ।

क्यानद्वारा घोषित टि-२० टिममा सुनिल धमला, बिक्रम सोब, बिनोद भण्डारी, देव खनाल, सुशन भारि, पवन सर्राफले मौका पाएका छैनन्। पवन बाहेक अन्य खेलाडीहरु एकदिवसीय टिममा छन्।

घोषित टिममा देब्रे हाते स्पिन अलराउण्डर बसिर एहमदले मौका पाएका छन् । बसिर भर्खरै भैरहवामा प्रो क्लब च्याम्पियनसिपमा प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भएका थिए जुन क्रममा उनले १० विकेट लिनुको साथै ११९ रन पनि बनाएका थिए।  पहिलो पटक राष्ट्रिय टिममा अटाएका एहमदले नेपाली यु-१९ टिमबाट खेलीसकेका छन्। यस्तै टिममा युवा खेलाडीहरु भिम शार्की, लोकेश बम, बिबेक यादव, सागर ढकाललाई निरन्तरता दिईएको छ।

घोषित १७ सदस्यीय नेपाली टिम : सन्दिप लामिछाने ( कप्तान ) , आसिफ सेख ( विकेटकिपर ) , रोहित पौडेल, दिपेद्र ऐरी, आरिफ शेख, आदील अन्सारी, करन केसी, सोमपाल कामि, कुशल भुर्तेल, अविनाश बोहरा, सगर ढकाल, शाहब आलम, किशोर महतो, बिबेक यादव, बसिर एहमद, लोकेश बम, भिम शार्की

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy