महमुदुल्लाह र तास्किन बीच नवौं विकेटको इतिहासकै दोश्रो ठूलो साझेदारी

महमुदुल्लाह र तास्किन एहमदले कीर्तिमानी साझेदारी गर्दा भ्रमण टोलि बंगलादेश जिम्बाब्वे बिरुद्ध एक मात्र टेस्टमा बलियो बनेको छ। दोश्रो दिन समाप्तिमा घरेलु टोलि जिम्बाब्वे बंगलादेशको पहिलो इनिंग्सको योगफल भन्दा ३५४ रनले पछि रहेको छ।

दोश्रो दिनको समाप्तिमा जिम्बाब्वेले पहिलो इनिंग्समा ४१ ओभर ब्याटिंग गर्दा ११४ रन बनाउदा १ विकेट गुमाएको छ। ओपनर मिल्टन शुम्बा ४१ रन बनाएर आउट भए पछि दोश्रो विकेटको लागि ताकुदज्वान्शे काटियानो र कप्तान ब्रेण्डन टेलरले ५३ रनको साझेदारी गरेका छन्। काटीयानोसंग ६१ रनको ओपनिंग साझेदारी गरेपछि शुम्बालाई शकिब अल हसनले एलबिडब्लु गरेका थिए। काटीयानो ३३ रन तथा टेलर ३७ रन बनाएर क्रिजमा छन्।

टेस्टमा टस जितेर ब्याटिंग गरेको बंगलादेशले पहिलो इनिंग्समा ४६८ रनको विशाल योगफल खडा गरेको थियो।

दोश्रो दिनको सुरुवात २९४/८ को अवस्थाबाट गरेको बंगलादेशले बाँकी २ विकेट गुमाउदा योगफलमा थप १७४ रन जोड्यो।

बंगलादेशको आठौँ विकेट २७० रनको योगफलमा गुमेको थियो। नवौं विकेटको लागि महमुदुल्लाह र तास्किन एहमदले १९१ रनको विशाल साझेदारी गरे। यो साझेदारी टेस्ट क्रिकेट इतिहासमै नवौं विकेटको लागि दोश्रो ठूलो साझेदारी हो। सन् १९१८ मा दक्षिण अफ्रीकाका मार्क बाउचर र पीएल सिमकक्सले नवौं विकेटको लागि गरेको १९५ रनको साझेदारी तोड्न भने दुई ब्याट्सम्यान मात्र ५ रनले चुक्न पुगे।

रोचक पक्ष के छ भने महमुदुल्लाहकै नाममा यस अघि पनि बंगलादेशको लागि नवौं विकेटको लागि सर्वाधिक साझेदारी गर्ने रेकर्ड रहेको थियो। उनले सन् २०१२ मा वेस्टइन्डिज बिरुद्ध अदुल हसनसंग १८४ रनको साझेदारी गरेका थिए जुन साझेदारी नवौं विकेटको लागि चौथो ठूलो साझेदारी हो।

Source – EspnCricinfo

पाँचौ टेस्ट शतक तथा व्यक्तिगत सर्वाधिक टेस्ट रन बनाएका महमुदुल्लाहले अविजित १५० रन बनाए जुन क्रममा २७८ बलमा १७ चौका र १ छक्का प्रहार गरे। करियरको पहिलो अर्धशतक बनाएका तास्किन एहमदले १३४ बलमा ११ चौका मद्दतले ७५ रन बनाए। तास्किनलाई मिल्टन शुम्बाले बोल्ड गर्दै साझेदारी तोडेका थिए। यस अघि पहिलो दिन लिटन दासले ९५ रन, मोनिनुल हकले ७० रन बनाएर आउट भएका थिए।

जिम्बाब्वेको बलिंगमा ब्लेसिंग मुजराबानीले सर्वाधिक ४ विकेट ( २९-४-९४-४ ) लिए भने डोनाल्ड ट्रीपानो ( २३-५-५८-२ ) र भिक्टर न्याउछि ( १७-१-९२-२ ) ले समान २ विकेट तथा रिचर्ड एनगर्भा ( २३-५-८३-१ ) र मिल्टन शुम्बा ( २१-४-६४-१ ) ले समान १ विकेट लिए।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]