आजम र एहमद चम्किदा १ खेल अगावै पाकिस्तानले जित्यो सिरिज

दोश्रो एकदिवसीयमा जिम्बाब्वेलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले १ खेल अगावै तिन एकदिवसीयको सिरिज २-० ले जित्न सफल भएको छ। पहिलो खेलमा पाकिस्तान २६ रनले विजयी भएको थियो। 

रावलपिण्डीमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गर्दै जिम्बाब्वेले दिएको २०७ रनको लक्ष्य घरेलु टिमले ३५.२ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गरेको हो।

पाकिस्तानको जितमा कप्तान बाबर आजमले सर्वाधिक ७७ रन बनाए जुन क्रममा ७४ बलमा ७ चौका र २ छक्का प्रहार गरे। इमाम उल हकले ४९ रन, हैदर अलिले २९ रन, अबिद अलिले २२ रन तथा इफ्तिकार एहमदले अविजित १६ रन बनाए।

ओपनर अबिद अलि र इमाम उल हकले ६८ रनको साझेदारी गरेका थिए। ११ औं ओभरमा अलिको विकेट पछि कप्तान आजमले अर्को किनारमा विकेट गुमेता पनि टिमलाई जितसम्म पुर्याएका थिए।

जिम्बाब्वेको बलिंगमा टेण्डाइ चिसोरोले सर्वाधिक २ विकेट ( १०-०-४९-२ ) विकेट लिए भने सिङ विलियम्स ( ५-०-३१-१ ) र सिकन्दर राजाले ( ५-१-२३-१ ) समान १ विकेट लिए।

इफ्तिखार एहमदले ५ विकेट लिए 

जिम्बाब्वेको ब्याटिंग  

यस अघि जिम्बाब्वेले ४५.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर २०६ रन मात्र बनाउन सकेको थियो।

जिम्बाब्वेको लागि सिङ विलियम्सले सर्वाधिक ७५ रन बनाए जुन क्रममा ७० बलमा १० चौका र १ छक्का प्रहार गरे। अघिल्लो खेलमा शतक बनाएका ब्रेण्डन टेलरले ३६,  ब्रायन चरीले २५, मुजाराबानिले १७ रन बनाए।

सुरुवाती विकेट गुम्दा ५९/३ को अवस्थामा पुगेको जिम्बाब्वेलाई त्यसपछि सिन विलियम्सले एक किनार सम्हाल्दै सम्मानजनक योगफलसम्म पुर्याएका थिए। यस क्रममा विलियम्सले चौथो विकेटको लागि ब्रेण्डन टेलरसंग ६१ रनको साझेदारी गरेका थिए। १६ औं ओभरम टेलर आउट हुँदा अन्य ब्याट्सम्यानले विलियम्सलाई लामो समय साथ दिन सकेनन्।


पाकिस्तानको बलिंगमा अफ स्पिनर इफ्तिखार एहमद एक्लैले ५ विकेट लिए। उनले १० ओभरमा २ मेडन ओभर गर्दी ४० रन खर्चिए। छैठौं एकदिवसीय खेल्ने क्रममा एहमदको यो व्यक्तिगत उत्कृस्ट बलिंग स्पेल हो। मुहम्मद मुसाले २ विकेट तथा हरिस रौफ, फहीम असरफ र इमाद वासिमले समान १ विकेट लिए।

सिरिज अन्तर्गत तेश्रो एकदिवसीय मंगलबार खेलिनेछ। एकदिवसीय सिरिज पछि दुइ टिम बीच नोभेम्बर ७ देखि तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ।

यो पनि पढ्नुस 

पन्जाबको प्ले-अफ सपना चेन्नाईद्वारा चकनाचुर, गायकवाडको कीर्तिमानी अर्धशतक

पन्जाबसंगको खेल अघि धोनीको ठूलो घोषणा ‘यो मेरो आईपीएलमा अन्तिम खेल हैन’

टाउकोको उचाइको बललाई ‘नो बल’ नदिएपछि खेलाडी र फ्यानहरु चकित

इरफान पठान लंका प्रिमियर लिग खेल्न अनुबन्धित

लगातार तेश्रो हार पछि बैंगलोर कप्तान कोहलीले के भने





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]