जुझारु ब्याटिंगका बाबजुद जिम्बाबेसंग नेपाल पराजित

  • विकेटनेपाल, फाल्गुन २० आइतबार

बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा जिम्बाबेको सामना गरेको नेपालले ११६ रनको पराजय बेहोरेको छ। टस जितेर पहिले ब्याटिंग गर्दै जिम्बाबेले पहिलो इनिंगमा ३८० रन बनाएको थियो जसको जवाफमा ब्याटिंग गरेको नेपालले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर २६४ रन बनाउन सक्यो।

लक्ष्य पछ्याउन ब्याटिंगको सुरुवात गर्न आएका दिलिप नाथ २ रनमै पेभेलियन फर्किएपछि अर्का ओपनर ज्ञानेन्द्र मल्ल र पारस खड्काले दोश्रो विकेटको लागि ५४ रनको साझेदारी गर्दै नेपालको आशा जगाएका थिए। आक्रामक इनिंग खेलेका पारस ४० रन बनाएर आउट भएपछि नेपालले निरन्तर अन्तरालमा विकेट गुमाउन थाल्यो। खड्काले ८ चौका प्रहार गर्न ३७ बल खेले र सिकन्दर राजाको बलमा बोल्ड भए।

शरद भेसावकरले अर्धशतक प्रहार गरे

पारसको विकेट पछि ब्याटिंग गर्न आएका दिपेन्द्र ऐरीले मल्लसंग ३५ रनको साझेदारी गरे तर २३ रनको स्कोरमा उनिपनि राजाको बलमा क्याच आउट हुन पुग्दा नेपालले तेश्रो विकेट गुमायो। निकै सुस्त इनिंग निंग खेलेका ओपनर ज्ञानेन्द्र मल्ल पनि जिम्बाबे कप्तान ग्रेम क्रिमरको बलमा क्याच समातिएपछि नेपालले २५ औ ओभरमा ११०/४ विकेट गुमायो। मल्लले ३२ रन बनाउन ५९ बलमा ३ चौका प्रहार गरे।

मल्लको विकेट पछि शरद भेसावकर र आरिफ शेखले पाँचौ विकेटको लागि ७३ रनको साझेदारी गर्दै नेपालको स्कोर २०० नजिक पुर्याए। ५२ रनको स्कोरमा शरदलाई सिकन्दर राजाले आफ्नो तेश्रो शिकार बनाउदा नेपालको स्कोर ३८ औ ओभरमा १८३/५ पुग्यो। शरदले ४८ बलमा १ छक्का र ६ चौका प्रहार गरे।

शरदको विकेट पछि आरिफले रोहित पौडेलसंग छैठौ विकेटको लागि ५९ रनको साझेदारी गर्दै नेपालको स्कोर २५० नजिक पुर्याए। रोहित ३० रन ( ३२ बल, २ चौका ) बनाएर ४७ औ ओभरमा आउट भए।

Aarif Sheikh
आरिफ शेखले रास्ट्रिय टिमको लागि पहिलो अर्धशतक बनाए ( फाइल फोटो )

आरिफ शेखले रास्ट्रिय टिमको लागि पहिलो अर्धशतकीय इनिंग पुरा गरे पनि नेपाल जिम्बाबेको स्कोर भन्दा निकै टाढा थियो। ५९ बलमा ५ चौका प्रहार गरेर आरिफ आउट भए जसपछि नेपालले पुरै ५० ओभर ब्याटिंग गरेपनि ८ विकेट गुमाएर २६४ रन मात्रै बनाउन सक्यो र ११६ रनको हार बेहोर्यो।

जिम्बाबे बलर सिकन्दर राजाले सर्वाधिक ३ विकेट ( १०-०-४८-३ ) तथा ब्रायन भिटोरीले २ विकेट ( ८-१-४६-२ ) हात पारे।

जिम्बाबेको ब्याटिंग

जिम्बाबेले पहिले ब्याटिंग गर्दै नेपाललाई ३८१ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिंग गरेको घरेलु टिमले पुरै ५० ओभरमा मात्र ६ विकेट गुमाएर ३८० रनको योगफल तयार गरेको हो।

क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा टस जितेर ब्याटिंग गरेको जिम्बाबेले आक्रामक सुरुवात गर्यो। पहिलो विकेटको लागि ओपनर केफास झुवावो सोलोमोन मिरेले ७ ओभरमै ७७ रनको साझेदारी गरे। सन्दिप लामिछानेले आठौँ ओभरको पहिलो बलमा झुवावोलाई ४१ रनको व्यक्तिगत स्कोरमा एलबिडब्लु धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। झुवावोले मात्र २३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

पहिलो विकेट गुमेपछि सोलोमोन मिरे र ह्यामिल्टन मासाकाट्जाले दोश्रो विकेटको लागि ३१ रनको साझेदारी गरे जुन बसन्त रेग्मीले तोडे। मासाकाट्जालाई १७ रनको स्कोरमा बसन्त रेग्मीले आफ्नै बलमा आफैले क्याच आउट गरे। मासाकाट्जाको विकेट

शतक बनाएपछि ब्रेण्डन टेलर

लगतै ओपनर मिरेलाई पनि १५ औं ओभरमा बसन्तले विकेट किपर दिलिप नाथबाट स्टम्प आउट गराए। अर्धशतक बनाएका मिरेले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

तेश्रो विकेट गुमेपछि ब्याटिंग गर्न आएका ब्रेण्डन टेलर र क्रेग इर्भिनले चौथो विकेटको लागि ८७ रनको साझेदारी गर्दै टिमको स्कोर २०० पुर्याए। इर्भिनलाई नेपालको लागि पहिलो खेल खेलीरहेका ललित राजबंशीले विकेट किपर दिलिपको हातबाट क्याच आउट गराउदै रास्ट्रिय टिमको लागि विकेटको खाता खोलेका थिए।

इर्भिनको विकेट पछि टेलर र सिकन्दर राजाले उत्कृस्ट ब्याटिंग गर्दै टिमको स्कोर ३५० पार गराए।

शिकंदर राजा

पाँचौ विकेटको लागि राजा र टेलरले १७३ रनको बिशाल साझेदारी गरेपछि ४९ औं ओभरमा सोमपाल कामिले लगातार बलमा राजा र टेलरको विकेट लिएपनि गर्नु विध्वंश दुवै ब्याट्सम्यानले गरिसकेका थिए।

टेलरले १०० रनको इनिंग खेल्ने क्रममा ९१ बलमा ७ चौका र १ छक्का प्रहार गरे भने राजाले १२३ रन बनाउन मात्र ६६ बलमा ९ छक्का र ७ चौका प्रहार गर्दै नेपाली बलरहरुलाई निराश बनाए।

नेपालको लागि बसन्त रेग्मी र सोमपाल कामिले समान २/२ विकेट हात पारे भने सन्दिप लामिछाने र ललित राजबंशीले पनि १/१ विकेट दिलाए। सोमपालले ८ ओभरमा ८२ रन खर्चिए भने रेग्मीले १० ओभरमा १ मेडन ओभर फाल्दै ६९ रन खर्चिए। सन्दिपले ९ ओभर ६४ रन तथा ललितले १० ओभरमा ६२ रन दिए। महँगो साबित भएका पारस खड्काले ५ ओभरमा ५७ रन खर्चिए।

nepal cricket team
nepal cricket team

Nepal vs Zimbabwe
Nepal vs Zimbabwe

Lalit Rajbanshi
Lalit Rajbanshi
अपिल गर्दै ललित राजबंशी




थप समाचार

एनपीएल : कर्णाली याक्सको लगातार तेश्रो जित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलका कर्णालीले पोखरा […]

रोहितको शानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनसँगै सँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । पाँचौँ खेलमा […]

सुदूरपश्चिमको विजयी यात्रा समाप्त, चितवनको तेश्रो जित

बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान […]

एनपीएल : जनकपुर लगातार ४ खेल जित्दा लुम्बिनीको चौंथो हार

रोमाञ्चक खेलमा हर्ष थाकरले कसिलो बलिङ गर्दै पाँच विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित […]

एनपीएल : रोमाञ्चक खेलमा कर्णालीद्वारा बिराटनगर पराजित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्चक खेलमा कर्णालीले […]

एनपीएलमा सुदूरपश्चिम रोयल्सको तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले लगातार तेस्रो हार बेहोरेको छ । सुरुआती दुई खेल गुमाएको लुम्बिनी तेस्रो खेलमा […]