- विकेटनेपाल, फाल्गुन-८ मंगलबार
सोमबार युएईको शारजाह क्रिकेट मैदानमा सम्पन्न अफगानिस्तान र जिम्बावे बीचको पाँचौ एकदिवसीयमामा अफगानिस्तानले जिम्बावे माथि १४६ रनको बिशाल जित हात परेको छ। जितसंगै अफगानिस्तानले एकदिवसीय सिरिज ४-१ ले पराजित गरेको छ। एकदिवसीय अन्तर्राष्ट्रियमा अफगानिस्तानको जिम्बावे बिरुद्ध लगातार चौथौ सिरिज जित हो।
टस जितेर पहिलो ब्याटिंग गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षेतिमा २४१ मात्र बनाएको थियो। ओपनर मोहम्मद शाहजाद २ रनको निजी स्कोरमा छिटै पेभेलियन फर्केका थिए जसपछि जावेद अहमादी (७६ रन, ६ चौका ,२ छक्का) र रहमत शाहले (५९ रन, ५ चौका ) दोश्रो विकेटका लागि १२९ रनको साझेदारी गर्दै अफगानिस्तानलाई पुनः मजबुत स्थितिमा पुर्याएका थिए।
त्यसपछि लगातार विकेट गुमाएको अफगानिस्तानका लागि राशिद खान र शराफुद्दीन अशरफले आठौ विकेटका लागि ५१ रनको अर्को महत्पूर्ण सम्झेदारी गरे। खानले २९ बलमा ४३ रनको योगदान गरे भने अशरफले २० रन प्रहार गरे। जिम्बाबेका लागि बलिंगतर्फ तेन्दाई चतारा, ब्लेसिन मुजारबानी र सिकन्दर रजाले समान २-२ विकेट हात पारे।
२४२ रनको लक्ष्य पछ्याउन उत्रिएको जिम्बाबेले ३२.१ ओभरमा सबै विकेट गुमाउदै ९५ रन मात्र बनाउदा १४६ रनले अफगानिस्तानलाई सुम्पियो। पहिलो आठ ओभरमै दुवै ओपनर गुमाएका जिम्बाबेका लागि ब्रेन्डन टेलर र क्रेग एर्विनले (३४ रन) तेश्रो विकेटका लागि ४६ रनको सम्झेदारी गर्दै केहि प्रयास गरेका थिए तर शराफुद्दीन अशरफले उक्त साझेदारी तोड्दै टेलरलाई(२४) लाई पेभेलियन पठाए। त्यसपछि एक पछि अर्को झट्का दिदै अफगानिस्तानले खेल सजिलै आफ्नो नाममा पारेको थियो।
एक समय ७२ रनमा २ विकेट मात्र गुमाएका जिम्बाबेको इंनिंग ध्वस्त पर्ने क्रममा राशिद खानले मात्र ५.१ ओवरमा १३ रन खर्चेर ३ विकेट हात पारे। त्यसैगरी मोहम्मद नाबी र शराफुद्दीन अशरफले समान २-२ चट्काए। मुजीब उर् रहमान र शाह्पूर जद्रान पनि १-१ विकेट लिए।
खेलमा २१ रन र महत्पूर्ण २ विकेट लिएका शराफुद्दीन अशरफ प्लेयर अफ दि म्याच घोषित भए भने सिरिजमा सर्वाधिक १६ विकेट लिएका राशिद खान प्लेयर अफ दि सिरिज घोषित भए। यसअगि भएको टि-२० शृंखला पनि अफगानिस्तानले (२-०) नै जितेको थियो |
सबै खेलको नतिजा –
पहिलो एकदिवसीय – अफगानिस्तान १५४ रनले बिजयी
दोश्रो एकदिवसीय – जिम्बावे १५४ रनले बिजयी
तेश्रो एकदिवसीय – अफगानिस्तान ६ विकेटले बिजयी
चौथो एकदिवसीय – अफगानिस्तान १० विकेटले बिजयी
पाँचौ एकदिवसीय – अफगानिस्तान १४६ रनले बिजयी
फोटोहरु : ICC