जिम्बाबेसंग पहिलो वान-डेमा युएई सहजै पराजित

  • विकेटनेपाल, चैत-२७

जिम्बाबे भ्रमणमा रहेको युनाईटेड अरब इमिरेट्स ( युएई ) लाई पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले पराजित गरेको छ। जितसंगै ४ खेलको सिरिजमा घरेलु टिमले १-० को अग्रता लिएको छ।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिंग गरेको युएईले ४४.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ११० रन मात्रै बनाउन सक्यो।

भ्रमण टिमलाई सस्तोमा समेट्न जिम्बाबे बलर टेण्डाई चताराले सर्वाधिक ३ विकेट ( १०-२-२५-३ ) हात पारे। यस्तै कायल जार्भिस ( ७.५-२-११-२ ) , डोनाल्ड त्रिपानो ( ८-३-१८-२ ) र ब्राण्डन मभुवा ( ६-०-३०-२ ) ले २/२ विकेट लिए। सिकन्दर राजाले १ विकेट ( १०-२-२१-१ ) लिए।

सुरुवात देखि लगातार विकेट गुमाउन क्रममा युएईले पहिलो ६ विकेट ४२ रन बनाउदा २३ औं ओभरमा गुमाईसकेको थियो। सातौँ नम्बरमा ब्याटिंग गरेका मोहम्मद बुताले इमरान हैदरसंग सातौँ विकेटको लागि २९ रनको साझेदारी गरे पनि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन नसक्दा युएई ११० रनमै समेटिन पुग्यो।

बुताले ३६ रन बनाउन ७६ बलमा २ चौका र १ छक्का प्रहार गरे। शैमन अनवरले ११, इमरान हैदर र रोहन मुस्तफाले समान १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

इर्भिनको अर्धशतकमा जिम्बाबेको सहज जित 

१११ रनको लक्ष्य घरेलु टिमले २३.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। क्रेग इर्भिनले ५१ रन तथा रेगिस चकाभाले ३८ रन बनाए पछि जिम्बाबेको जित सहज भयो। इर्भिन र चकाभाले दोश्रो विकेटको लागि ८० रनको साझेदारी गरे। इर्भिनले ४६ बलमा ४ चौका र २ छक्का तथा चकाभाले ६३ बलमा ५ चौका प्रहार गरे।

युएई बलर कादिर एहमद, रोहन मुस्तफा र इमरान हैदरले १/१ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो खेल अप्रिल १२ तारिकमा, दोश्रो खेल १४ तारिकमा तथा तेश्रो खेल १६ तारिकमा खेलिनेछ।

 





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]