लगातार विकेट गुमाएपछि दबाबमा जिम्बाबे

२०१९ एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत जिम्बाबे र नेपाल बीच क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा खेल जारि छ। टस जितेर ब्याटिंग गरेको जिम्बाबेले आक्रामक सुरुवात गरे पनि नेपाली स्पिनरहरुले लगातार विकेट लिंदा जिम्बाबे दबाबमा रहेको छ।

यो समाचार तयार पार्दासम्म जिम्बाबेले १६ ओभरमा ३ विकेट गुमाएर १२२ रन बनाएको छ। ब्रेण्डन टेलर ३ तथा क्रेग इर्भिन ६ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

नेपालको लागि पहिलो विकेट सन्दिप लामिछानेले लिएका थिए। आक्रामक ब्याटिंग गर्दै मात्र २३ बल ४१ रन बनाएका केफास झुवावोलाई लामिछानेले एलबिडब्लु आउट गरेका हुन्।झुवावोले ४ छक्का र ३ चौका प्रहार गरे।

दोश्रो र तेश्रो विकेट भने बसन्त रेग्मीले दिलाएका हुन्। अर्धशतक पुरा गरेका ब्याट्सम्यान सोलोमोन मिरे र ह्यामिल्टन मासाकाट्जाको विकेट रेग्मीले लिए। मिरेले ५२ रन ( ४१ बल, ५ चौका, ३ छक्का ) र मासाकाट्जाले १७ रन ( २३ बल, ३ चौका ) प्रहार गरे। मासाकाट्जालाई आफ्नै बलमा क्याच आउट गरेका रेग्मीले मिरेलाई विकेट किपर दिलिप नाथको हातबाट स्टम्प आउट गराए।

नेपालको बलिंग – 

सोमपाल कामि – ३-०-२४-०
पारस खड्का – १-०-१६-०
बसन्त रेग्मी – ४-१-३०-२
ललित राजबंशी – ४-०-२०-०
सन्दिप लामिछाने – ५-१-३२-१

खेलमा नेपालको लागि देब्रे हाते स्पिनर ललित राजबंशीले डेब्यु गर्ने मौका पाएका छन्। उनलाई नेपाली टिमका ब्याटिंग कन्सल्टेन्ट उमेश पटवालले डेब्यु क्याप प्रदान गरे। जिम्बाबे बिरुद्ध नेपालले आफ्नो अन्तिम ११ टिममा शक्ति गौचन,करन केसी र अनिल साह र ललित भण्डारीलाई समाबेश गरेको छैन।

नेपालको प्लेयिंग ११ 

पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ, रोहित कुमार पौडेल, र ललित राजबंशी

जिम्बाबे प्लेयिंग ११

गरेम क्रिमर ( कप्तान ) , टेण्डाई चटारा, क्रेग इर्भिन, केल जार्भिस, ह्यामिल्टन मासाकाट्जा, सोलोमोन मिरे, केफास झुवाओ, सिकन्दर राजा, ब्रेण्डन टेलर, ब्रायन भिटोरी, माल्कम वालर

Nepal vs Zimbabwe
Nepal vs Zimbabwe

Lalit Rajbanshi
Lalit Rajbanshi

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy