नेपालले पायो २०५ रनको लक्ष्य

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी२० सिरिजको पहिलो खेलमा २ सय ५ रनको लक्ष्य पाएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनायो ।

वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले ४६ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७४ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर एलिक अथानाजले २५ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४७ रन बनाए ।

केसी कार्टीले २६ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए । आन्द्रे फ्रेल्चरले ५ बलमा २ छक्काको सहयोगमा १३ रन बनाए ।

नेपालका लागि अभिनास बोहोरा, दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र कप्तान रोहितकुमार पौडेलले समान एक एक विकेट लिए ।





थप समाचार

चेन्नईमाथि गुजरातको सहज जित

काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं […]

गिल र सुदर्शनको शतकमा चेन्नईलाई २३२ रनको लक्ष्य

काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं […]

विश्वकपका लागि नामिबियाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नामिबियाको टोली घोषणा भएको छ […]

आइपीएल : चेन्नई र गुजरात खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको ५९ औं खेलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाईटन्सबीच […]

बेंगलूरुको लगातार चौथो जित, प्लेअफ सम्भावना कायमै

काठमाडौं । रोयल च्यालेनजर्स बेंगलूरुले जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार चौथो जित निकालेको छ । […]

विश्वकपमा ईतिहासकै कान्छा कप्तान बन्दै रोहित

काठमाडौं । आफ्नो डेब्यु विश्वकपमा नै नेपालका कप्तान रोहितकुमार पौडेलले नयाँ कीर्तिमान आफ्नो नाममा थप्दै छन् । कप्तान पौडेलले टी-२० […]