यू-१९ विश्वकप : भारतलाई हराउँदै अष्ट्रेलिया च्याम्पियन

काठमाडौं । भारतलाई हराउँदै अष्ट्रेलियाले दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेटको उपाधी जितेको छ ।

दक्षिण अफ्रिकाको बेनोनिमा भारत ७९ रनले पराजित भएको हो । अष्ट्रेलियाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको भारत ४३ दशमलब ५ ओभरमा १ सय ७४ रन बनाउँदै अल आउट भयो ।

डिफेन्डिङ च्यापियन भारतका लागि ओपनर आदर्श सिंहले ७६ बलमा ४७ रन बनाए । मुर्गन अभिषेकले ४६ बलमा ४२ तथा मुसिर खानले ३३ बलमा २२ रन बनाए । नमन तिवारीले अविजित १४ रन बनाउँदा भारतका अन्य ब्याटर दोहोरो अंकमा रन बनाउँन असफल रहे ।

अष्ट्रेलियाका लागि माहिल ब्रेडम्यान र राफ म्याकमिलानले समान तीन तीन विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५३ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि हरजस सिंहले ६४ बलमा ५५ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान ह्युग वेइबगेनले ६६ बलमा ४८ तथा ओलिभर पिएकीले अविजित ४६ रन बनाए । ह्यारी डिक्सनले ५६ बलमा ४२ तथा रायन हिक्सले २० रन बनाए ।

भारतका लागि राज लिम्बानीले तीन तथा नमन तिवारीले दुई विकेट लिए ।

अष्ट्रेलियाले योसँगै चौथो पटक च्याम्पियन बनेको छ । विश्वकपमा १६ राष्ट्र सहभागी रहेका थिए । यस विश्वकपमा नेपाल समेत सहभागी रहेकोमा ११ औं स्थानमा रहेर विश्वकप समाप्त गरेको थियो ।

भारत यो विश्वकपको ईतिहासमा सर्वाधिक पटक च्याम्पियन बनेको छ । उसले पाँच पटक यस विश्वकपको उपाधी जितेको छ ।





थप समाचार

गिल र सुदर्शनको शतकमा चेन्नईलाई २३२ रनको लक्ष्य

काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं […]

विश्वकपका लागि नामिबियाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नामिबियाको टोली घोषणा भएको छ […]

आइपीएल : चेन्नई र गुजरात खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको ५९ औं खेलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाईटन्सबीच […]

बेंगलूरुको लगातार चौथो जित, प्लेअफ सम्भावना कायमै

काठमाडौं । रोयल च्यालेनजर्स बेंगलूरुले जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार चौथो जित निकालेको छ । […]

विश्वकपमा ईतिहासकै कान्छा कप्तान बन्दै रोहित

काठमाडौं । आफ्नो डेब्यु विश्वकपमा नै नेपालका कप्तान रोहितकुमार पौडेलले नयाँ कीर्तिमान आफ्नो नाममा थप्दै छन् । कप्तान पौडेलले टी-२० […]

नेपालसँग खेल्ने श्रीलंकाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको श्रीलंकाले आफ्नो […]