अझै टुटेको छैन सोमपालको ६ वर्ष अघिको विश्वकिर्तिमान

खेल : नेपाल – हंगकंग ( अन्तरास्ट्रिय टि-२० ) , २४ नोभेम्बर २०१४ , मैदान : पी सारा ओभल , कोलम्बो श्रीलंका

बंगलादेश टि-२० बिश्वकप २०१४ पछि नेपाल पहिलो पटक हंगकंगसंग आफ्नो चौथो अन्तरास्ट्रिय टि-२० खेल्दै थियो । बिश्वकपमा हंगकंगलाई ८० रनको बिशाल अन्तरले पराजित गरेको नेपालले उस्तै प्रदर्शन दोहोर्याउने आशा सबैले गरेका थिए । तर, पि सारा ओभलमा टस हारेको नेपालले निकै कमजोर सुरुवात गर्यो ।

एक पछि अर्को विकेट लगातार गुमाएको नेपालले पहिलो ८ विकेट २५ रनमै हंगकंगलाई सुम्पन पुग्यो । लज्जास्पद ब्याटिंग गरेको नेपाल टि-२० अन्तरास्ट्रिय क्रिकेट इतिहासकै सबैभन्दा कम स्कोरमा समेटिने खतरा बढ्न थाल्यो । बंगलादेश बिश्वकप २०१४ मा नेदरल्याण्ड श्रीलंकासंग मात्र ३९ रनमा अलआउट भएको थियो जुन योगफल भन्दा पनि कममै नेपाल समेटिने सम्भावना प्रबल थियो ।

पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुबास खकुरेल जस्ता ठुला नामहरु पेभेलियन फर्कीसकेको अवस्थामा आठौं विकेटको रुपमा बसन्त रेग्मीलाई पनि गुमाएपछि ब्याटिंग गर्न आईपुगे सोमपाल कामि । स्कोर थियो २५/८  ( ११.५ ओभर )

त्यसपछि सोमपाल कामिले जे गरे त्यसले नेपालको इज्जत अन्तर्राष्ट्रिय स्तरमा जोगिएन मात्र उनले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १० औ नम्बरमा ब्याटिंग गर्दै सर्वाधिक रन बनाउने ब्याट्सम्यानको बिश्व रेकर्डनै आफ्नो नाम गरे ।

सोमपाल ब्याटिंग गर्न आउनु अघि नेपालको हालत यति खराब थियो कि नत कसैले चौका/छक्का प्रहार गर्न सकेका थिए नत दोहोरो अंकमानै रन बनाउन सकेका थिए ।

१२ औ ओभरको अन्तिम बलको समाना गरेका सोमपालले पहिलो बलमा कुनै रन बनाएनन् । त्यसपछि १३ औ ओभरमा नदीम एहमदको बलिंग सामना गरेका उनले पहिलो २ बललाई रक्षात्मक तरिकाले खेली ओभरको तेश्रो बललाई सीमारेखा पार गराए र आफ्नो खाता खोले । त्यसपछि १३ औ ओभरमा बाँकी ३ बलमा उनले रन बनाएनन् ।

१५ औ ओभरको पहिलो बलमा शक्ति गौचनले १ रन लिंदै सोमपाललाई पालो दिए । सोमपालले अनस खानको उक्त ओभरमा रिस्क लिन जरुरि ठानेनन् र ३ वटा डट बल खेल्दै ओभरको पाँचौ बलमा १ रन लिए । शक्ति गौचनले ओभरको अन्तिम बलमा रन बनाउन नसके पछि १६ औ ओभरमा स्ट्राइक सोमपाललेनै पाए ।

ओभर कम बाँकी थियो, सोमपाल विकेटमा जमीसकेका थिए । १६ औ ओभरको पहिलो बलमा नदीम एहमदलाई चौका प्रहार गर्न सोमपाललाई कठिन भएन । त्यसपछि दोश्रो बल डट खेलेका उनले तेश्रो बलमा १ रन लिंदै शक्तिलाई स्ट्राइक दिए । शक्ति गौचनले बाँकी बलमा रन बटुल्न सकेनन् र १७ औं ओभरको सामना गर्न पुनः सोमपाल आईपुगे ।

हंगकंग तिब्रगति बलर इरफान एहमद बलिंग गर्न आए जसको पहिलो २ बल रक्षात्मक खेलेपछि सोमपालले गेर परिवर्तन गर्न जरुरि ठाने ।

ओभरको चौथो बलमा चौका प्रहार गरि सोमपालले लगतै बलमा १ रन लिंदै स्ट्राइक परिवर्तन गरे । सोमपालको चौकासंगै नेपालको स्कोर ४० पुग्यो अर्थात नेपाल इतिहासकै सबैभन्दा कम ( ३९ ) हुनबाट बचीसकेको थियो ।

सोमपाल ब्याटिंग गर्दै थिए १५ रनमा अर्थात् उनि १० औ नम्बरमा ब्याटिंग गर्दै सबैभन्दा बढी रन प्रहार गर्ने खेलाडीहरुको अग्रस्थानमा आउन मात्र ७ रन टाढा । उनि अघि अफगानिस्थानका हमिद हसनले दक्षिण अफ्रीका बिरुद्ध १० औ नम्बरमा ब्याटिंग गर्दै २२ रन बनाएका थिए ।

सोमपाल कहाँ चुक्थे र ? १८ औ ओभरमा हसिब अम्जदको दोश्रो , तेश्रो र चौथो बल बाउन्ड्री पार गर्दै उनले स्कोरलाई एक्कासी ५० पार गराईदिए । ३ चौका प्रहार भए पछि नेपालको स्कोर १८ ओभर पछि ५६/८ पुग्यो ।

त्यतिन्जेल सोमपालको नाममा बिश्व रेकर्ड बनिसकेको थियो अर्थात उनि १८ औ ओभरको समाप्तिमा २८ रन बनाएर ब्याटिंग गर्दै थिए । १८ औ ओभरको दोश्रो चौका प्रहार गर्दानै उनले रेकर्ड आफ्नो नाममा पारिसकेका थिए ।

सोमपाल त्यतिमै रोकिएनन् । १९ औ ओभरको सामना गर्न उनि तम्तयार थिए ।

हंगकंग बिरुद्ध एक खेलमा ब्याटिंग गर्दै सोमपाल ( असम्बन्धित खेलको फोटो )

छक्का ! र अर्को पनि छक्का ! १९ औ ओभरको दोश्रो र चौथो बलमा सोमपालले इरफान एहमद तिब्रगतिको बललाई बाउन्ड्री पार गराए । २ छक्का पछि नेपालको स्कोर ६८ रन पुगिसकेको थियो जुन बलर सुहाउदो पिचमा निकै सम्मानजनक स्कोर थियो ।

२ छक्का प्रहार गरेपछि अब सोमपाल सामु अर्को चुनौती नेपाललाई जति सक्दो ठुलो स्कोरतर्फ डोर्याउनु मात्रै थिएन उनि आफ्नो अर्धशतक बाट पनि मात्र १० रन पर थिए । बिश्व रेकर्ड कायम गरिसकेका सोमपालले त्यो कारनामा पनि गर्ने सोच सबैले बनाईसकेका थिए ।

तर, दुर्भाग्य त्यसो हुन सकेन ।

इरफान एह्मदले अघिल्लो २ छक्काको लागि सोमपाललाई माफी दिएनन् र छक्का बिर्साउने गरि सोमपालको स्टम्प उडाईदिए । त्यतिन्जेल नेपालको स्कोर ६८ पुगीसकेको थियो र नेपालले प्रतिस्पर्धात्मक स्कोर बनाईसकेको थियो।

२८/५ को खराब स्थितिबाट नेपालले ७२ रन बनाउन सकेको थियो जसमा सोमपाल एक्लैले ४० रन योगदान दिएका थिए । ६ चौका र २ छक्का मद्दतले बनाएको उक्त रन बिश्व क्रिकेटमै टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहाँसको दशौं नम्बरमा ब्याटिंग गर्ने ब्याट्सम्यानले बनाएको सर्वाधिक रन थियो । उक्त खेलको स्कोरकार्ड

अन्तर्राष्ट्रिय टि-२० क्रिकेटको दसौं नम्बरमा ब्याटिंग गर्दै सर्बाधिक रन प्रहार गर्ने खेलाडीहरु :

सोमपाल कामी ( नेपाल )  :  ४० , बिरुद्ध , हंगकंग ( २०१४ )
मोहम्मद अदनान ( साउदी अरब )  : ३८* , बिरुद्ध ,  कतार ( २०१९ )
मो. नुरुल हुदा ( फिनल्याण्ड )  : ३०* , बिरुद्ध  स्पेन ( २०१९ )
कार्ल मुम्बा ( जिम्बाब्वे )  : २५ , बिरुद्ध  बंगलादेश ( २०२० )
जुनैद अजिज ( बहराइन ) : २४* , बिरुद्ध  माल्दिभ्स ( २०२० )

( नोट : रेकर्ड जुन १० २०२० अघिसम्मको हो )

सोमपालले बनाएको ६ वर्ष अघिको किर्तिमान अझै टुटेको छैन । साउदी अरबका ब्याट्सम्यान मोहम्मद अदनानले २०१९ मा कतार बिरुद्ध अवीजित ३८ रन बनाएर सोमपालको रेकर्ड नजिक पुगेका थिए ।

सोहि खेलको अर्को रेकर्ड 

हंगकंग बिरुद्ध सोहि खेलमा सोमपालले नवौं विकेटको लागि शक्ति गौचनसंग गरेको ४३ रनको साझेदारी तत्कालिन समयमा नवौं विकेटको लागि टि-२० अन्तर्राष्ट्रियमा विश्वकै पाँचौ ठुलो साझेदारी थियो । अहिले भने ४३ रनको उक्त साझेदारी नवौं विकेटको लागि विश्वकै ११ औं ठुलो साझेदारी हो । ड्वेन ब्राभो र जेरोम टेलरले पाकिस्तान बिरुद्ध २०१६ मा गरेको ६६ रनको साझेदारी नवौं विकेटको लागि सर्वाधिक साझेदारी हो ।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]