अन्तिम टेस्ट अघि मुरलीधरनले भनेका थिए “यो मेरो अन्तिम टेस्ट हो, ८ विकेट लिनेछु”

आफ्नो टेस्ट करियरमा कीर्तिमानी ८०० विकेट आफ्नो नाम गरेका मुथैया मुरलीधरनलाई स्पिन बलिंगको आदर्श मानिने गरिन्छ। पुर्व श्रीलंकन दायाँ हाते बलरले आफ्नो अन्तिम टेस्टमा ८ सैयौं विकेट पुरा गरेका थिए। टेस्ट इतिहासमा उक्त उचाई हाँसिल गर्ने उनि एक्लो बलर हुन्। भारत बिरुद्ध घरेलु मैदानमा उक्त सफलता आफ्नो नाम गर्दा मुरलीले अद्भुत आत्मविश्वास देखाएका थिए। सन् २०१० मा भारत बिरुद्ध तिन टेस्टको शृंखलाको पहिलो टेस्टलाई करियरको अन्तिम टेस्ट बनाउदै सन्यासको घोषणा गर्ने मुरलीले निर्णय गरेका थिए।

८०० विकेट पुरा गर्न मात्र ८ विकेट बाँकी रहेको अवस्थामा मुरलीले भारत बिरुद्ध ३ वटै टेस्ट पनि खेल्न सक्थे तर उनले एउटै टेस्ट मात्र खेलेर सन्यास लिने घोषणाले सबैलाई चकित बनाएको थियो। किनकि स्पिन राम्रो खेल्ने भारतीय टिम बिरुद्ध एकै टेस्टमा ८ विकेट लिन मुस्किल कुरा थियो।

“उनि ८०० विकेटबाट ८ विकेट टाढा थिए। ८०० विकेट अपत्यारिलो सफलता थियो। उनले भारत बिरुद्धको सिरिजको पहिलो टेस्टबाट सन्यास लिने बाए। त्यसपछि म छनौटकर्तासंग बसे र त्यस्तो गर्न नदिने र बाँकी ८ विकेट लिएर मात्र सन्यास लिन दिनु पर्छ भने। त्यसपछि हामीले मुरलीलाई मिटिंगमा बोलायौं।” तत्कालिन श्रीलंकन टिमका कप्तान कुमार सांगाकाराले भारतीय खेलाडी रभीचन्द्रन आश्विनसंग इन्स्टाग्राम भिडियो कुराकानीको क्रममा बताए।

“मैले मुरलीलाई यसो भने – मलाई थाहा छ तपाइलाई चुनौती मन पर्छ। तर यो सहि तरिका हैन। यदी ८०० विकेट पुरा नभएमा निकै खल्लो हुनेछ। त्यसैले पहिलो टेस्ट खेल्नु जसपछि थकाई लागे दोश्रो टेस्टमा आराम गरेर तेश्रो टेस्ट खेल्नुस। अथवा दुइ वटा टेस्टमा ब्रेक लिएर अर्को सिरिजमा कमब्याक गर्नुस।”

“मुरलीले हामीलाई हेरे र भने – ‘यो कुरा म माथि लागु हुँदैन। मैले सधै चुनौती मन पराएको छु। र यदी म उत्कृस्ट स्पिनर हुन् भने मैले यही गाले मैदानमा कुनै पनि टिम बिरुद्ध ८ विकेट लिन सक्नु पर्छ'” सांगाकाराले सम्झिए।

“र यदी मैले ८ विकेट लिए भने मेरो ८ सय विकेट मात्र पुरा हुने छैन हामीले टेस्ट पनि जित्नेछौँ। यदी त्यसो भएन भने भएन। त्यसैले यो मेरो अन्तिम टेस्ट हो। धन्यवाद , म ८ विकेट लिनेछु।”

“म सोचीरहेको थिए, उनि त्यस्तो च्याम्पियन खेलाडी थिए।” पुर्व श्रीलंकन देब्रे हाते ब्याट्सम्यानले सम्झिए।

मुरलीधरनले उक्त टेस्टको पहिलो इनिंगमा ५ विकेट तथा दोश्रो इनिंगमा ३ विकेट लिएका थिए जसपछि भारत फलो-अनमा परेको थियो। प्रज्ञान ओझाको विकेट लिंदै उनले किर्तिमान हाँसिल गरेका थिए।  श्रीलंकाले उक्त खेल १० विकेटले जितेको थियो र मुरलीधरनको श्रीलंकन टिम र भारतीय टिमले शानदार विदाई गरेको थियो।

आश्विनसंग भिडियो च्याटको क्रममा सांगाकाराले २०११ विश्वकपको फाइनलमा दुइ पटक भएको टस बारे पनि बताएका थिए।





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]