अफगानिस्तानले पनि सुरु गर्यो अभ्यास ( फोटो फिचर सहित )

वेस्टइन्डिज, इंग्ल्यान्ड र श्रीलंका पछि अफगानिस्तानका खेलाडीहरुले पनि अभ्यास सुरु गरेका छन्। आइतबार अफगानीस्तान स्थित काबुल क्रिकेट स्टेडियममा अभ्यास सुरु भएको अफगानिस्तान बोर्डले बताएको छ।

रशिद खान, मोहम्मद नबि जस्ता खेलाडीहरु समेत सहभागी बन्दसत्र १ महिना चल्ने बोर्डले बताएको छ। यस दौरान खेलाडीहरुले ब्याटिंग, बलिंग र समग्र अभ्यास गर्नेछ।

“यो क्याम्प कोरोना फैलन नदिन स्वस्थ गाइडलाइनहरुलाई ध्यानमा राखेर, आईसीसी, विश्व स्वास्थ्य संगठन तथा अफगानिस्तान सामाजिक स्वस्थ मन्त्रालयको समन्वयमा सुरु गरेका हौँ।” अफगानीस्तान क्रिकेट बोर्डले जारि गरेको प्रेस बिज्ञप्तिमा बताईएको छ।

शनिवार खेलाडीहरुलाई कोभिड-१९ बारे सतर्कता बारे छलफल गरिएको थियो जसमा उनीहरुलाई बन्दसत्रमा पालना गर्नुपर्ने स्वस्थ गाइडलाइनहरुबारे जानकारी गरिएको थियो।

अफगानिस्तानले अस्ट्रेलियामाको पार्थमा नोभेम्बर २१ देखि सुरु हुने १ मात्र टेस्ट खेल्ने तालिका रहेको छ। अस्ट्रेलियामान टि-२० विश्वकप पनि खेलिनेछ जुन प्रतियोगिता हुने नहुने भने पक्का भएको छैन।

अभ्यासको लागि २२ जना खेलाडीहरुको चयन गरिएको छ।

खेलाडीहरुको सुची : Asghar Afghan (C ), Rahmanullah Gurbaz, Hazrathullah Zazai, Karim Janat, Mohammad Nabi, Najibullah Zadran, Gulbadin Naib, Rashid Khan, Naveen ul Haq, Shapoor Zadran, Qais Ahmad, Mujeeb ur Rahman, Azmatullah Omerzai, Samiullah Shinwari, Usman Ghani, Mohammad Shahzad, Sayed Shirzad, Darwish Rasooli, Zahir Khan Paktin, Farid Malik, Hamza Hotak and Sharafudin Ashraf.

फोटोहरु हेर्नुस :-





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]