अफ्रिदीको अल-टाईम विश्वकप-११ मा अटेनन् सचिन, एक मात्र भारतीय खेलाडी

पाकिस्तानी पुर्व स्टार क्रिकेटर शाहिद अफ्रिदीले एक इन्स्टाग्राम लाइभ अन्तर्वार्ताको क्रममा विश्वकपको अल-टाईम उत्कृस्ट-११ चयन गरेका हुन्।

पाकिस्तानी न्युज एंकर साना बुचासंग कुराकानीको क्रममा अफ्रिदीले विश्वकप-११ चयनको क्रममा केहि ठुला नाम छुटाएका हुन्। अफ्रिदीले सचिन तेन्दुलकर र इमरान खान तथा अन्य ठुला खेलाडीको नाम लिएनन्। इमरानकै कप्तानीमा पाकिस्तानले १९९२ को विश्वकप जितेको थियो।

पाकिस्तानको लागि २७ टेस्ट, ३ सय ९८ एकदिवसीय र ९९ टि-२० अन्तर्राष्ट्रिय खेलेका अफ्रिदीले सइद अनवर, एडम गिलक्रिस्टलाई विश्वकप-११ टिमको ओपनिंग ब्याट्सम्यान बनाएका छन्। अनवरले २१ विश्वकप खेलमा ९ सय १५ तथा गिलक्रिस्टले ३१ खेलमा १ हजार ८५ रन बनाएका छन्।

यस्तै २००३ र २००७ को विश्वकप विजेता टिम अस्ट्रेलियाका कप्तान रिकी पोंटिंगलाई तेश्रो नम्बरमा राखेका छन्। पोंटिंगले ४६ विश्वकप खेलमा ५ शतक सहित १ हजार ७ सय ४३ रन बनाएका छन्।

सचिन तेन्दुलकरको नाम छुटाएका अफ्रिदीले भारतीय कप्तान बिराट कोहलीलाई भने विश्वकप-११ मा स्थान दिएका छन्। भारतको विश्वकप विजेता टिम २०११ को सदस्य रहेका कोहलीले कुल ३ वटा एकदिवसीय विश्वकपमा सहभागिता जनाउने क्रममा २६ खेलमा १ हजार ३० रन बनाएका छन्।

यस्तै पुर्व पाकिस्तान कप्तान इन्जमाम उल हकलाई पनि अफ्रिदीले ब्याटिंगक्रममा समावेश गरेका छन् जो १९९२ विश्वकप विजेता पाकिस्तान टिमको सदस्य रहेका थिए।

यस्तै अफ्रिदीले दक्षिण अफ्रिकी कीर्तिमानी अलराउण्डर ज्याक्स कालिसलाई अलराउण्डरको रुपमा समावेश गरेका छन्।

विश्वकप इतिहासमा सबैभन्दा धेरै रन तथा शतकको रेकर्ड बनाएका मास्टर ब्लास्टर सचिन तेन्दुलकरलाई भने कालिसले ब्याटिंग क्रममा स्थान दिएनन्। सचिनले विश्वकपमा ४५ खेलमा २ हजार २ सय ७८ रन बनाएका छन् जुन क्रममा ६ शतक र १५ अर्धशतक प्रहार गरेका छन्।

अफ्रिदीले आफ्नो टिमको बलिंग क्रममा वासिम आक्रम, ग्लेन म्याकग्राथ र शोयब अख्तर जस्ता तिब्र गतिबलर लाई समावेश गरेका छन्। म्याकग्राथ विश्वकप इतिहासमा सबैभन्दा धेरै विकेट लिने बलर हुन् जसले कुल ७१ विकेट लिएका छन्। यस्तै वासिम आक्रम पाकिस्तानको लागि कुल ५५ विश्वकप विकेटका साथ सबैभन्दा धरै विकेट लिने पाकिस्तानी बलर हुन्।

यस्तै अफ्रिदीको सुचीमा शेन वार्न र सक्लेन मुस्ताक गरि दुइ वटा स्पिनर रहेका छन्। वार्नले ३२ तथा मुस्ताकले २३ विश्वकप विकेट लिएका छन्।

यस्तो छ अफ्रिदीको अल-टाईम विश्वकप-११ टिम

सइद अनवर, एडम गिलक्रिस्ट, रिकी पोंटिंग, बिराट कोहली, इन्जमाम उल हक, ज्याक्स कालिस, वासिम आक्रम, ग्लेन म्याकग्राथ, शेन वार्न, शोयब अख्तर, सक्लेन मुस्ताक





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]