अमित श्रेष्ठको नेपाली टिममा इन्ट्री, एमसीसी बिरुद्ध खेल्ने ३ फर्म्याटको लागि टिम घोषणा

मेरिलेबन क्रिकेट क्लब एमसीसीले गर्ने नेपाल टुरको लागि नेपाली  राष्ट्रिय टिमको घोषणा गरेको छ।

एमसीसीले नेपालमा नोभेम्बर ४ देखि ९ सम्म गर्ने भ्रमणको क्रममा नेपाली यु-१९ टिम, सिनियर टिम र मिश्रित राष्ट्रिय र यु-१९ टिमसंग टि-२० , एकदिवसीय र ३ दिवसीय प्रथम श्रेणी मान्यता प्राप्त खेल खेल्नेछ।

नोभेम्बर-३ मा एमसीसीले नेपाली यु-१९ टिमसंग ५० ओभरको खेल खेल्नेछ। त्यसपछि नोभेम्बर ४ मा नेपाली सिनियर राष्ट्रिय टिमसंग ५० ओभरको खेल खेल्नेछ। नोभेम्बर ६ देखि ८ सम्म राष्ट्रिय टिमसंग ३ दिवसीय प्रथम श्रेणी खेल खेल्नेछ। नोभेम्बर ९ मा नेपाली राष्ट्रिय र यु-१९ टिम मिश्रित टिमसंग टि-२० खेल खेलिनेछ।

सिनियर टिमले खेल्ने ३ वटा फरक फर्म्याटको खेलको लागि फरक टिमको घोषणा गरिएको छ। टि-२० टिममा १५ जना तथा ५० ओभर र प्रथम श्रेणीको लागि १४ जनाको टिम घोषित गरिएको छ। सबै टिमको कप्तानी नव नियुक्त कप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन्।

अमित, कुशल र नन्दन पहिलो पटक सिनियर टिममा 

नेपाली घरेलु टि-२० लिगमा लगातार राम्रो प्रदर्शन गरेता पनि नेपाली राष्ट्रिय टिममा पर्न असफल रहेका अमित श्रेष्ठ पहिलो पटक राष्ट्रिय टिममा अटाएका छन्। दायाँ हाते ओपनिङ्ग ब्याट्सम्यान श्रेष्ठले सन् २०१३ मा यु-१९ राष्ट्रिय टिमको लागि खेलेका थिए।

यस्तै यु-१९ टिमको लागि खेलीसकेका कुशल भुर्तेलले पनि स्थान बनाएका छन्। घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबको प्रतिनिधित्व गर्ने भुर्तेल आक्रामक ब्याटिंग तथा राम्रो फिल्डरको रुपमा चिनिने गर्छन्।

अर्का यु-१९ टिमको प्रतिनिधित्व गरिसकेका दायाँ हाते तिब्र गति बलर नन्दन यादब पनि पहिलो पटक राष्ट्रिय टिममा अटाएका छन्। यादबले यो वर्ष प्रधानमन्त्री कपमा ५ खेलमा १० विकेट लिंदै प्रभावित बनाएका थिए।

Bikram Sob

भर्खरै सम्पन्न टि-२० विश्वकप छनौट तथा ओमान टुरमा नेपाली टि-२० टिममा रहेका ओपनिङ्ग ब्याट्सम्यान इशान पाण्डेलाई यो पटक टि-२० टिममा मौका दिईएको छैन। पाण्डेलाई ५० ओभर टिममा भने राखिएको छ। यस्तै टि-२० मा पारस खड्का, रोहित पौडेल, शरद भेसावकर, बसन्त रेग्मीलाई पनि मौका दिईएको छैन।

दायाँ हाते तिब्र गति बलर बिक्रम सोबले पनि ४ वर्ष पछि नेपाली टिममा कम्ब्याक गरेका छन्। सोबलाई ५० ओभर टिममा राखिएको छ। उनि अन्तिम पटक नेपालले २०१५ मा गरेको युएई टुरमा नेपाली टिममा थिए भने २०१६ मा नेपालले गरेको इंग्ल्याण्ड टुरमा पनि टिममा थिए।

यस्तै अर्का तिब्र गति बलर जितेन्द्र मुखियालाई ३ दिवसीय टिममा राखिएको छ। मुखिया २०१४ टि-२० विश्वकपमा नेपाली टिमका प्रमुख खेलाडी रहेका थिए जसपछि भने राष्ट्रिय टिममा पर्न असफल रहँदै आएका थिए।

कप्तान ज्ञानेन्द्र मल्ल सहित, आरिफ शेख, बिनोद भण्डारी, दिपेन्द्र ऐरि, करन केसी, सन्दिप लामिछाने, ललित राजबंशी र सोमपाल कामि टि-२०, एकदिवसीय र प्रथम श्रेणी तिन वटै फर्म्याटमा टिममा राखिएको छ।

टि-२० टिम :- ज्ञानेन्द्र मल्ल, आरिफ शेख , अमित श्रेष्ठ, अभिनाश बोहरा , बिनोद भण्डारी, दिपेन्द्र ऐरि , करन केसी , कुशल भुर्तेल, ललित राजबंशी, नन्दन यादब, पवन सर्राफ, सन्दिप जोरा, सन्दिप लामिछाने, सोमपाल कामि, सुशन भारि

५० ओभर टिम :- ज्ञानेन्द्र मल्ल, आरिफ शेख, बसन्त रेग्मी, बिक्रम सोब, बिनोद भण्डारी, दिपेन्द्र ऐरि, इशान पाण्डे, करन केसी, ललित राजबंशी, पारस खड्का, रोहित पौडेल, सन्दिप लामिछाने, शरद भेसावकर, सोमपाल कामि

३ दिवसीय ( प्रथम श्रेणी ) टिम :- ज्ञानेन्द्र मल्ल, आरिफ शेख, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र ऐरि, जितेन्द्र मुखिया, करन केसी, ललित राजबंशी, पवन सर्राफ, राजु रिजाल, रोहित पौडेल, सन्दिप लामिछाने, शरद भेसावकर र सोमपाल कामि

नेपाली यु-१९ टिम :- रित गौतम ( कप्तान ) , लोकेश बम, तृत राज दास, बिशाल बिक्रम केसी, खडक बहादुर बोहरा, अभिषेक बस्नेत, हरि बहादुर चौहान, अरुण ऐरि, कुशल मल्ल, बिबेक कुमार यादब, सुर्य तामांग, तिलक राज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिस जिसी, गौतम केसी

एमसीसीको टिम : जिम्मी एडम्स ( कप्तान ) , यासिर अराफात, बिल्ली गोडलमेन, माइल्स ह्यमोन्ड, ओलिभर हानोन डाल्बी, कालुम ज्याकसन्, विल रोड्स, एलेक्स स्पेन्सर, एलेक्स थोम्सन, विल भान्डरसपर, एड योङ्ग, टम वेस्टले, क्रिस राइट

टुर अन्तर्गत एमसीसीले बिभिन्न खेलहरु खेलेपछि पोखराको बिभिन्न सरकारी स्कुलमा क्रिकेट प्रशिक्षण तथा सामग्री समेत वितरण गर्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy