अस्ट्रेलियाद्वारा ओमान पराजित

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी टी-२० विश्वकपको दशौं खेलमा अस्ट्रेलियाले ओमानलाई पराजित गरेको छ ।

वेस्ट इन्डिजको बारबाडोसमा आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले ३९ रनको सहज जित निकालेको हो । ओमान भने लगातार दोस्रो खेलमा पराजित भएको हो ।

अस्ट्रेलियाले दिएको१ सय ६५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउँन सक्यो ।

अ‍ेमानका लागि आयान खानले ३० बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाए । मेहरान खानले २७ तथा कप्तान अकिव ईल्यासले १७ रन बनाए ।

अस्ट्रेलियाका लागि मार्कस ूटोईनेसले तीन तथा नाथन एलिस, मिचृल स्टार्क र एडम जाम्पाले समान दुई दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि डेबिड वार्नर र मार्कस स्टोइनेसले अर्धशतकीय ईनिङ खेले । स्टोइनेसले ३५ बलमा २ चौका र ६ छक्काको सहयोगमा अविजित ६६ रन बनाए ।

वार्नरले ५१ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५६ रन बनाए । चौथो विकेटका लागि वार्नर र स्टोइनेसले ६४ बलमा १ सय २ रनको साझेदारी गरे । कप्तान मिचेल मार्शले २१ बलमा १४ तथा ट्राभिस हेडले १० बलमा १२ रन बनाए ।

ओमानका लागि मेहरान खानले दुई तथा बिलाल खानले एक विकेट लिए ।

जितसँगै अस्ट्रेलिया समूह बी को शीर्ष स्थानमा छ ।





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]