अस्ट्रेलियामाथि वेस्ट इन्डिजको सहज जित

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपको वार्मअप खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई पराजित गरेको छ ।

वेस्ट इन्डिजको ट्रिनिडाडमा भएको खेलमा घरेलु टोली ३५ रनले विजयी भएको हो ।

वेस्ट इन्डिजले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर २ सय २२ रन मात्र बनाउन सक्यो ।

अस्ट्रेलियाका लागि जोश इंग्लिसले ३० बलमा ५५ तथा नाथन एलिसले २२ बलमा ३९ रन बनाए । एस्टन अगरले १३ बलमा २८ तथा टिम डेविड र म्याथ्यु वेडले समान २५/२५ रन बनाए ।

वेस्ट इन्डिजका लागि गुणकेश मोटी र अल्जारी जोसेफले समान २/२ तथा अकिल हौसेन, शेमार जोसेफ र ओबेद म्याकोईले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ४ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि निकोलस पुरनले २५ बलमा ७५ तथा कप्तान रोभमन पावेलले २५ बलमा ५२ रन बनाए । शेरफन रादरफोर्डले १८ बलमा अविजित ४७ तथा जोनसन चार्ल्सले ३१ बलमा ४० रन बनाए ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले २ तथा टिम डेविड र एस्टन अगरले समान १/१ विकेट लिए ।

विश्वकपमा अस्ट्रेलिया समूह बी मा तथा वेस्ट इन्डिज समूह सी मा रहेको छ ।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]