आइपिएल नभए ४ हजार करोड नोक्सान हुनेछ : गांगुली

भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) का अध्यक्ष सौरभ गांगुलीले आइपिएल आयोजना नभए बिसीसीआईलाई ठुलो नोक्सानी हुनेमा चिन्ता व्यक्त गरेका छन्।

भारतीय क्रिकेट टिमका पुर्व कप्तान गांगुलीले कोरोना महामारीका कारण आइपिएल १३ आयोजना नभए ४ हजार करोड नोक्सान हुने बताएका छन्। आइपिएल २०२० मार्च २९ तारिकबाट सुरु हुनपर्ने थियो जुन कोरोनाका कारण अनिश्चितकालको लागि सारिएको छ। भारतले लकडाउन गरे पछि आइपिएल आयोजना झनै मुस्किल भएको थियो जसकारण प्रतियोगिता अनिश्चित बनेको हो।

प्रतियोगिता आयोजना नभए बोर्डले तलबकट्टा गर्ने परिस्थिति आउने गांगुलीले बताए।

“आइपिएल आयोजना नहुँदा हामीलाई ४ हजार करोड नोक्सान हुनेछ, जुन निकै ठुलो हो। आइपिएल आयोजना भए हामिले तलबकट्टा गर्ने परिस्थिति आउदैन, हामीले व्यवस्था गर्न सक्छौं।”

 बन्द स्टेडियममा आयोजना गर्न सकिने 

आइपिएल आयोजना बन्द स्टेडियममा दर्शक बिना गर्ने सुझाव आएको पनि गांगुलीले बताएका छन्। तर दर्शकको प्रत्यक्ष प्रतिक्रिया बिना खेल आकर्षक नहुने उनको धारणा रहेको छ।

“मलाई याद छ दर्शकको खराब व्यवहार पछि १९९९ मा इडन गार्डनमा पाकिस्तानमा एसियन टेस्ट च्यापियनसिपको अन्ति दिनको खेल दर्शक बिना खेलेका थियौं। उक्त खेलमा कुनै उत्साह थिएन।”

“खेलहरु सामाजिक दुरी कायम गरेर सिमित दर्शकको बीच खेल्न सकिन्छ तर त्यसको लागि सुरक्षाको व्यवस्था निकै कडा हुनुपर्छ। हामि निकै मुस्किल अवस्थामा छौँ कुनै पनि निर्णयमा पुग्न” गांगुलीले बताए।

आइपिएलको आयोजना गर्न श्रीलंका र युएई जस्तो देशले प्रस्ताव गरेका छन् जसबारे पनि भारतले निर्णय लिएको छैन।





थप समाचार

हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द, नेपाल सुपर थ्रीमा

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ। शुक्रबार तय भएको हङकङ र बहराइनबीचको खेल […]

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]