काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदै छ ।
दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियम दिल्लीमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुदै छ ।
जारी आइपीएलमा दिल्ली क्यापिटल्सले ८ मध्ये केवल ३ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ । त्यसैगरी गुजरात टाइटन्सले अहिलेसम्म खेलेका ८ खेल मध्ये ४ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ ।
आइपीएल ईतिहासमा यि दुई टोलीबीच चार खेल भएका छन् । समान दुई दुई खेलमा दुवै टोली विजयी भएका छन् ।
यस संस्करणमा यि दुई टोलीबीच आज हुने खेल दोस्रो हो । पहिलो खेलमा दिल्ली ६ विकेटले विजयी भएको थियो ।