आइपीएल : मुम्बई र लखनाउ खेल्दै

२०८१ बैशाख १८, मंगलवार १२:५१

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको ४८ औं खेलमा आज मुम्बई इन्डियन्स र लखनाउ सुपर जायन्ट्सबीच खेल हुदैछ ।

लखनाउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुदै छ ।

जारी आइपीएलमा नौ खेलमा पाँचमा जित तथा चारमा हार व्यहोरेको लखनाउ दश अंकका साथ पाँचौ स्थानमा छ । नौ खेल खेलेको मुम्बई तीनमा जित तथा छ खेलमा हार व्यहोरेर छ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

आइपीएल इतिहासमा यि दुई टोली चार पटक आमने सामने भएका छन् । तीन खेलमा लखनाउ विजयी हुँदा दुई खेल मुम्बईले जितेको छ । गत वर्ष भएको अन्तिम भेटमा मुम्बई विजयी भएको थियो । सो खेल मुम्बईले ८१ रनको फराकिलो अन्तरले जितेको थियो । दश टोलीको सहभागीता रहेको लिगमा राजस्थान रोयल्स शीर्ष स्थानमा छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy